1478958692 banner ad format

 
 

काठमाडौं । हुलाकी राजमार्ग निर्माणका लागि भारत सरकारले रु २३ करोडको चेक हस्तान्तरण गरेको छ ।

Hulaki rajmargh

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा सचिव देवेन्द्र कार्कीको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीले हुलाकी राजमार्ग आयोजना प्रमुख बलराम मिश्रलाई चेक हस्तान्तरण गरे ।

आयोजनाको ५१८ किमि सडक निर्माण गर्न बाँकी रहेकामा ३०० किमि भारतको सहयोगमा बन्नेछ भने २१८ किमि सरकारले बनाउने सम्झौता भएको थियो ।

यसअघि, भारतकै सहयोगमा १०० किमि सडक निर्माण भइसकेको आयोजना प्रमुख मिश्रले जानकारी दिए ।

२१८ किमि सडक निर्माणका लागि यसअघि आयोजनालाई भारतले रु २५ करोड सहयोग गरेको थियो ।

तराईका झापादेखि कन्चनपुरसम्मका २० जिल्लालाई जोड्ने गरी हुलाकी राजमार्ग निर्माण भइरहेको छ ।

भारतको सहयोगमा निर्माण हुने २१८ किमि सडकको लागत रु ८ अर्ब रहेको आयोजनाले जनाएको छ । सडक निर्माणका लागि ९ ओटा ठेक्का भइसकेको छ ।

तीन वर्षमा हुलाकी राजमार्ग सम्पन्न हुने आयोजना प्रमुख मिश्रले बताए ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse News market decreased by double digit

    धितोपत्र बजार दोहोरो अंकले घट्यो

    धितोपत्र बजार आज दोहोरो अंकले ओरालो लागेको छ । बाढी पहिरोका कारण मुलुक प्रभावित भएपछि बजार पनि प्रभावित भएको हो । नेपाल स्टक एक ...

  • Kantipathnews Nepal Share Market News Stock trading

    शेयर कारोबार ओरालो लाग्यो

    धितोपत्र बजारमा आज शेयर कारोबार ओरालो लागेको छ । नेपाल स्टक एक्चेञ्ज लिमिटेडका अनुसार आज बजार ८.१९ बिन्दुले ओरालो लागेर एक हजार ...

  • Kantipathnews Nepse News Share on Nepse

    नेप्सेमा २ कम्पनीको शेयर सुचिकृत

    आज बिहिबार नेपाल स्टक एक्चेन्ज नेप्सेमा २ कम्पनीको शेयर सुचिकृत भएका छन् । आज नेप्सेमा जनता बैंक नेपाल लिमिटेड र जनउत्थान सामुदायि ...

yummyfood