1478958692 banner ad format

 
 

तेह्रथुम । आफ्नो जग्गामा पहिरो गएको भन्दै स्थानीयवासीले जलविद्युत् आयोजनाको कुलो भत्काइदिएपछि तेह्रथुमको खाम्लालुङका करिब २०० परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । 

Hydropower project Terathum
आठराई गाउँपालिका–२, खाम्लालुङमा रहेको २२ किलोवाट क्षमताको कोयाखोला जलविद्युत् आयोजनाको कुलो स्थानीय जग्गाधनी लक्ष्मी सुनारले भत्काइदिएका हुन् । कुलो भत्किएपछि दुई दिनदेखि आयोजनाको उत्पादन ठप्प छ । विद्युत् अवरुद्ध भएपछि गाउँका २०० परिवार अन्धकारमा बस्न बाध्य भएको आयोजनाका अध्यक्ष गोपी ढुङ्गानाले बताए । 

सुनारले कुलोबाट पानी बग्दा आफ्नो जग्गामा पहिरो गएको भन्दै पटक पटक गुनासो गर्दै आएका थिए । बुधबार उनले आयोजनाको करिब १० मिटर कुलो भत्काइदिएका छन् । सुनार पाँचथरको फिदिममा व्यवसाय सञ्चालन गरेर बस्छन् । 

आयोजनाको कुलोमा क्षति पु¥याउने व्यक्तिलाई छानबिन गरी कानुनी कारबाहीको माग गर्दै उपभोक्ता समितिले इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारमा उजुरी गरिएको समितिका अध्यक्ष ढुङ्गानाले बताउनुभयो । विसं २०६४ मा निर्माण भएको परियोजनाको कुलो उपभोक्ता समितिले भने सरकारी जग्गामा पर्ने दाबी गरेको छ । 

केही साताअघि वर्षा र बाढीले क्षति गरेको आयोजनामा साता दिनसम्म लगाएर स्थानीयवासीले श्रमदानसमेत गरेर बनाएका थिए ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

  • kantipathnews Nepal Share Market News Market businesses

    धितोपत्र बजार : तीन अर्ब बढीको कारोबार

    धितोपत्र बजारमा यस साता रु तीन अर्ब ६१ करोड ५७ लाख १७ हजार मूल्यबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कुल १ ...

yummyfood