1478958692 banner ad format

 
 

धनुषा । देशको एकमात्र रेलसेवा ‘जनकपुर–जयनगर रेल्वे’ पुनः सन्चालनमा आउने भएको छ ।

Janakpur Jayanagar railway

भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजुलपुरासम्मको रेलमार्गको पुनःनिर्माणकार्य अन्तिम चरणमा रहेकाले यही वर्षको फागुनदेखि सन्चालनमा आउने बताइएको छ ।

५१ किलोमिटर लामोे रेल ‘लिक’को पुनःनिर्माण अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत्को रेल विभागले जनाएको छ ।

मर्मत–सम्भार र उचित व्यवस्थापनको अभावमा जीर्ण बनेको जनकपुर–जयनगर रेलमार्ग तीन वर्षदेखि पूर्णरुपमा बन्द भएको थियो । बन्द भएसँगै भारत सरकारको पूर्णसहयोगमा ब्रोडगेजमा रेल्वे निर्माण थालेको थियो ।

Janakpur Jayanagar railway 2

सन् २०१४ मा थालिएको पुनःनिर्माण सन् २०१८ को मार्चमा सम्पन्न हुने भारतीय कम्पनीले जनाएको छ । नयाँ निर्माण भइरहेको रेलको लिक पहिलेभन्दा ठूलो (ब्रोडगेज) रहेको छ ।

सानो आकारको रेलको लिकलाई विस्थापित गरेर ठूलो आकारको लिक निर्माणसँगै अरु काम पनि लगभग सकिन लागेको रेल विभागका वरिष्ठ इन्जिनियर प्रकाश उपाध्यायले जानकारी दिए ।

उपाध्यायले अहिलेसम्म दुबैतर्फ स्टेसन, कार्यालय भवन, ट्र्याक बेड, भन्सार कार्यालय, कर्मचारीका लागि आवासगृह आदि निर्माण भइसकेको र अब अन्तिम कामकारुपमा लिक बिछ्याउने काम पनि धमाधम भइरहेको बताए ।

५१ किलोमिटर लामो यो खन्ड सन्चालनमा आएपछि दोस्रो विश्वयुद्धभन्दा पहिले सुरु भएको नेपालको एकमात्र रेलमार्गले पुनःजीवन पाउनेछ ।

दोस्रो चरणमा बनाउने तयारी गरिएको बिजुलपुरादेखि बर्दिवाससम्मको १८ किमि लामो नयाँ खन्डको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको मन्त्रालयले जनाएको छ ।

यस खन्डमा अधिग्रहण गर्नुपर्ने जग्गा यकीन गरेर रेल विभागले सार्वजनिक गरे पनि रकमको अभावमा थप काम रोकिएको छ ।

बिजुलपुराबाट सुरु हुने यो खन्डमा जग्गा अधिग्रहणका लागि झन्डै रु तीन अर्ब चाहिने अनुमान छ ।

सरकारले बजेट विनियोजनमा ढिलाइ गरे पनि अब थप ढिलाइ हुन नदिने रेलमार्ग अनुगमनका लागि केही दिनअघि जनकपुर पुगेका विकास समितिका सभापति रवीन्द्र अधिकारीले बताए ।

रेल विभागका वरिष्ठ इन्जिनियर प्रकाश उपाध्यायकाअनुसार बिजुलपुरादेखि बर्दिवाससम्मको यो खन्ड पूर्व–पश्चिम रेलमार्गसँग जोडिनेछ ।

बिजुलपुरादेखि बर्दिवाससम्म निर्माण गर्न लागिएको रेलको लिक जाने स्थान फेर्न स्थानीय बासिन्दाले आग्रह गर्दै आएका छन् ।

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा उल्लेख भएअनुसार रेलको लिक बनाउँदा धेरै उर्वर भूमि मासिने र ठूलो मानवबस्ती उठाउनुपर्ने हुँदा स्थानीय बासिन्दाले उत्तरतर्फ सारेर रेलको लिक बनाउन माग गरेका छन् । 

प्रकासित मिति

Loading...

 

yummyfood