1478958692 banner ad format

 
 

रत्ननगर (चितवन) । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलास्थित चार किलो भन्ने स्थानमा खसेको पहिरो आज बिहान ४ बजेदेखि पुनः हटाउन थालिएको छ । 

Kalikholama remove a landslide min

बुधबार अपराह्न ३ः२५ बजे पहिरो खसेर अवरुद्ध भएको सडक अझै खुल्न सकेको छैन । राति ८ बजे एकतर्फी बाटो खुलाएर बीच सडकमा अड्किएर जोखिममा परेका सवारीसाधनलाई कटाएपछि पहिरो पन्छाउने काम राति रोकेर आज बिहान ४ बजेदेखि पुनः पन्छाउन थालिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । 

राति पहिरो खस्ने जोखिम बढेकाले काम रोकेर आज विहान पहिरो पन्छाउन थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए। “जोखिममा रहेका करिब ३०० गाडी पास गरायौँ, त्यसपछि रोकेर आज बिहानदेखि पहिरो पन्छाउने काम थालिएको छ”, पन्तले भने । 

यसअघि पनि इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोला र चार किलो भन्ने स्थानमा पटकपटक पहिरो खसेको थियो । सडक विस्तारका क्रममा भित्तो काटिएको क्षेत्रमा बढी पहिरो खसिरहेको छ । 

मुग्लिनदेखि कालीखोला हुँदै घुमाउनेसम्मको सडक पहिरोको उच्च जोखिममा छ । सोही स्थान नजिकै यही असार ९ गते बिहान खसेको पहिरोमा परेर तीनजना प्रहरीको मृत्यु भएको थियो भने एक प्रहरी अझै बेपत्ता छन् ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

  • kantipathnews Nepal Share Market News Market businesses

    धितोपत्र बजार : तीन अर्ब बढीको कारोबार

    धितोपत्र बजारमा यस साता रु तीन अर्ब ६१ करोड ५७ लाख १७ हजार मूल्यबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कुल १ ...

yummyfood