No irrigationकञ्चनपुरको पुर्नवास नगरपालिका–७ परासनका सुखसागर रानाले जग्गा भाडामा लिएर खेती गर्न थालेको २५ वर्ष भयो । वार्षिक चार बिघा खेत भाडामा लिएर खेती गर्दै आएका राना सिँचाइको व्यवस्था नहँुदा भने अनेकन समस्या झेल्नुपरेको पीडा यहाँ आउने प्रायः जनप्रतिनिधि या कृषिसँग सम्बन्धित निकायका पदाधिकारीसित पोख्छन् ।

“आफूसित भएको खेतमा लगाएको अन्नले परिवारको छाँक टार्न नपुगेपछि अरुको खेत भाडामा या अधियाँ गरेर कृषि पेशामै लामो समय गुजारिसके”, रानाले भने, “वर्षात्मा बाढीको पीडा र हिउँद्मा सिँचाइको समस्याबाट अझै मुक्त हुन सकेको छैन ।” वर्षात्मा दोदा नदीमा आउने बाढीले खेतीयोग्य जमीन डुबानमा पर्दा धान रोप्न समस्या हुने गरेको रानाको भनाइ छ ।

जिल्लाको दक्षिण क्षेत्र यहाँको अन्नभण्डार नै मानिन्छ । महाकाली सिँचाइ दोस्रो चरणअन्तर्गत दक्षिण क्षेत्रको बेल्डाँडी नगरपालिका र बेलौरी नगरपालिकाका केही भूभागमा सिँचाइ पुगे पनि पुर्नवास नगरपालिकामा सिँचाइ सुविधा पुग्न सकेको छैन । पुर्नवास–५ का सुरज राना पनि गहुँ खेतमै काम गरिरहेको अवस्थामा भेटिए । “सिँचाइ सुविधा भए उब्जनी पनि बढी हुन्थ्यो”, उनले भने, “बोरिङको पानीले खेती गर्नुपरेको छ ।” उनले खेतीका बेला रसायनिक मलको समेत अभाव हुने गरेको बताए ।

“महाकाली सिँचाइबाट पनि यहाँ नहर पु¥याउन सर्वे भएको थियो”, उनले भने, “महाकाली नदीको पानी खेतमा पुग्ने आशमै यहाँका किसान बसेका छौँ ।” महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक लोकबहादुर थापाले खेतीका लागि पुर्नवास क्षेत्र निकै राम्रो भएको बताए ।

उनले सो क्षेत्रको करीब १५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पु¥याउन आयोजनाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाउने तयारी भइरहेको जानकारी दिए । सिँचाइ आयोजनाअन्र्तगत तेस्रो चरणको मूल नहर बने यहाँको शुक्लाफाँटा नगरपालिकाको फुलेलीबाट शाखा नहर निर्माण गरेर पुर्नवास क्षेत्रमा सिँचाइ पु¥याउने योजना रहेको थापाको भनाई छ ।

“फुलेलीबाट कलुवापुर हँुदै पुर्नवाससम्म करीब ३० किलोमिटर शाखा नहर बनाउनु पर्छ”, उनले भने, “त्यसका लागि करीब रु दश अर्ब लागत आवश्यक पर्छ ।” त्यसैगरी सिँचाइ आयोजनाले पुर्नवाससम्म सिँचाइ पु¥याउन मूल नहरबाट स्याली नदीमा पानी फाल्ने विकल्पमा समेत अध्ययन भइरहेको थापाले बताए ।

“स्याली नदी हँुदै सिँचाइका लागि पुर्नवाससम्म पानी पु¥याउन करीब २० किलोमिटर नहर खन्नै पर्दैन”, उनले भने, “नदीबाट लगे करीब रु तीन अर्व लगानी कम हुने अनुमान गरेका छौँ ।” पुर्नवास क्षेत्रका अधिकांश किसानले डिप बोरिङबाट पानी निकालेर सिँचाइ गरिरहेका छन् भने वर्षात्का बेला आकाशे पानीका भरमा खेती गर्नुपरेको पुनर्वास–५ का नन्दराम जोशीको भनाइ छ । उनले बोरिङबाट निकालेको पानी खेतमा पु¥याउन आर्थिकरुपले भार परिरहेको दुखेसो पोखे । सिँचाइ तेस्रो चरणअन्तर्गत १३ किलोमिटर मूल नहर बनिसकेको छ भने करीब १५ किलोमिटर नहर हाल निर्माणाधीन चरणमा छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...