1478958692 banner ad format

 
 

तेह्रथुम। जिल्लाको पूर्र्वी क्षेत्रलाई सदरमुकामसँग जोड्ने एकमात्र म्याङ्लुङ–सक्रान्तिबजार सडकखण्डअन्तर्गतका खोरुंगा र कोयाखोलामा पुल नहुँदा यातायात अवरुद्ध भएको छ । 

Khorunga and koyakholama block bridge
दुवै खोलामा पुल नहुँदा चार वर्षदेखि खोलाको बीचबाट जोखिम मोलेरै यातायात सञ्चालन हुने गरे पनि वर्षात्को समयमा पानीको बहाव बढेपछि वर्षेनी यातायात अवरुद्ध हुने गरेको छ । 

यो वर्ष पनि पानीको बहाव बढेपछि कोयाखोलाबाट सवारी आवतजावत गर्न नसकेको दुई साता बढी बितेको छ भने खोरुंगामा पनि वर्षा शुरु हुनासाथ यातायात ठप्प हुने गरेको छ । छिटफुटरुपमा चल्ने गरेका सवारीसाधनले पनि बढी भाडा असुल्ने गरेका छन् । खोलामा पानी बढेपछि सवारी आवतजावत गर्न सकेका छैनन् । यात्राका क्रममा पानी परेर खोलामा पानीको बहाव बढेपछि यात्रु बीचबाटोमै अलपत्र पर्ने गरेका छन् । 

पानीको बहाव बढेर सडक अवरुद्ध भएपछि फेदाप र आठराई गाउँपालिकाका डेढ दर्जन गाउँवासीलाई सदरमुकाम आउन दुई दिनको पैदल हिँड्नुपर्ने बाध्यता छ । जिल्लामा सेवा प्रदायक सरकारी निकायका सेवा गाउँकेन्द्रित हुने क्रममा छन् । तर अहिले पनि गाउँवासीले भने सास्ती व्यहोर्नु परिरहेको छ । 

दुई दिनसम्म निरन्तर पानी पर्दा हिउँदमै पनि पानीको बहाव बढेर यातायात अवरुद्ध हुन्छ । वर्षात् हुने झन्डै छ महिनाको अवधिभरि जिल्लाका ओयाक्जुङ, जलजले, सिम्ले, सम्दु, इसिवु, खाम्लालुङ, सक्रान्तिबजार, थोक्लुङ, चुहानडाँडा, छातेढुंगा, इवा र ह्वाकु गाउँसँगको सडक सम्पर्क टुट्ने गरेको छ । सडक सम्पर्क भरपर्दो बनाउन सम्बन्धित निकायले चासो नदिँदा मर्का परेको आठराइवासी बताउँछन् । 

झन्डै एक दशकयता सडक निर्माण शुरु गरिए पनि अहिलेसम्म पुल बनाउन चासो नदिइएको सक्रान्तिबजारका महेन्द्र विमलीले बताउनुभयो । उनले भने – “हामी आठराइवासीलाई सदरमुकाम जान पैदल जाँदा दुई दिन लाग्छ, हिँडेर जान नसक्नेहरुले पाँचथरको फिदिम हँुदै झापा घुमेर धरानबाट धनकुटा हुँदै तेह्रथुम आउनुपर्छ जुन खर्चालु हुन्छ ।” सरकारी सेवा सुविधा लिन पनि मौसम कुर्नुपर्ने आठराइवासीको बाध्यता रहेको उनले बताए । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse News market decreased by double digit

    धितोपत्र बजार दोहोरो अंकले घट्यो

    धितोपत्र बजार आज दोहोरो अंकले ओरालो लागेको छ । बाढी पहिरोका कारण मुलुक प्रभावित भएपछि बजार पनि प्रभावित भएको हो । नेपाल स्टक एक ...

  • Kantipathnews Nepal Share Market News Stock trading

    शेयर कारोबार ओरालो लाग्यो

    धितोपत्र बजारमा आज शेयर कारोबार ओरालो लागेको छ । नेपाल स्टक एक्चेञ्ज लिमिटेडका अनुसार आज बजार ८.१९ बिन्दुले ओरालो लागेर एक हजार ...

  • Kantipathnews Nepse News Share on Nepse

    नेप्सेमा २ कम्पनीको शेयर सुचिकृत

    आज बिहिबार नेपाल स्टक एक्चेन्ज नेप्सेमा २ कम्पनीको शेयर सुचिकृत भएका छन् । आज नेप्सेमा जनता बैंक नेपाल लिमिटेड र जनउत्थान सामुदायि ...

yummyfood