1478958692 banner ad format

 
 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न ४१ स्थानमा पिसाब घर (युरिनल) निर्माण गर्ने भएको छ । 

KMC to set up urinals in 41 different locations min

महानगरभित्र रहेका सार्वजनिक शौचालय अव्यवस्थित तथा फोहर भएर यात्रुले प्रयोग गर्न सक्ने स्थिति नरहेकाले महानगरपालिकाले व्यवस्थित र सफा शौचालय निर्माणको तयारीस्वरुप ४१ स्थानमा युरिनल निर्माण गर्न लागेको हो । 

महानगरपालिकाको कार्यभार सम्हाल्नुभएको केही दिनमै ‘क्लिन द सिटी’ अभियान सुरु गरेको विद्या सुन्दर शाक्यले अहिले व्यवस्थित शौचालय निर्माणको तयारी थाल्नुभएको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । 

सडक यात्रुलाई लक्ष्य गर्दै चोकचोकमा युरिनल बनाउन लागिएको प्रवक्ता कार्कीको भनाइ छ । युरिनल निर्माणका लागि दुईवटा कम्पनीले आवेदन दिएका छन् । अहिले ती आवेदनको अध्ययन भइरहेका छ । 

कार्कीका अनुसार आवेदन दिएका कम्पनीहरुको अनुभव, कार्यदक्षतालगायतका पक्षको मूल्याङ्कन पछि उपयुक्त ठहरिएको कम्पनीलाई सो कामको जिम्मेवारी दिइने छ । 

महानगरपालिकाले उपत्यकाभित्र सार्वजनिक शौचालय निर्माणार्थ १०० स्थानमा सम्भाव्यता अध्ययन गरेको छ । 

घुम्ती शौचालय अव्यवस्थित र फोहर रहेको पाइएपछि हालै महानगरपालिकाले यस्ता शौचालय हटाएको थियो । यस्तो शौचालयको विकल्पमा महानगरपालिकाले १०० भन्दा बढी सार्वजनिक शौचालय निर्माणको तयारी थालेको हो । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse with double digit

    नेप्से दोहोरो अंकले सुधारियो

    मंगलबार पुनः पूँजी बजारमा दाहोरो अंकको सुधार आयोे । आइतबार उच्च दरले उकालो लागेको बजार सोमबार ऋणात्मक रही यस दिन पुनः सुधारिएक ...

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

yummyfood