1478958692 banner ad format

 
 

चौतारा । एक साताअघि झरेको पहिरोले भोटेकोशी नदीको लार्चा पुललाई क्षति प¥याएपछि आवतजावतमा कठिनाइ व्यहोरिरहेका स्थानीयवासीलाई तुइन निर्माण भएपछि केही सहज भएको छ । 

bhotekoshi larcha pol

अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने ७० मिटर लामो पक्की पुल बगाएपछि तातोपानीवासीले व्यहोर्नु परेको सास्ती तुइन निर्माणपछि आवागमनमा केही सहज भएको हो । 

भोटेकोशी गाउँपालिकाको करिब रु तीन लाखको लागतमा तत्कालका लागि तुइन निर्माण गरिएको गाउँपालिकाको प्रमुख राजकुमार पौडेलले बताउनुभयो । पुल बगाएकै ठाउँमा फड्के राख्न फलामे सत्तरी राख्ने काम तीव्र गतिमा भइरहेको छ । पुलको जिपसम्म ९० मिटर लामो फड्के राख्नुपर्ने र सहज रुपमा वारिपारि गर्न दायाँबायाँ बारसमेत राख्ने व्यवस्था मिलाइएको छ । सो काम मंगलबारसम्म सम्पन्न हुनेछ । 

सशस्त्र प्रहरी सीमा सुरक्षाका प्रहरी नायब निरीक्षक पिटर श्रेष्ठका अनुसार विकट बाटो पाँच घण्टासम्म पैदल हिँडेर पुग्ने गरेकामा शनिबारदेखि तुइनबाट आवतजावत शुरु भएको छ । अझै पनि वृद्धवृद्धा, बालबालिका र बिरामीलाई तुइनबाट वारपार गर्न कठिनाइ भइरहेको छ । उक्त दुवै कामका लागि नेपाल प्रहरी, सशस्त्र सीमा प्रहरी र गाउँपालिकाको सक्रियता रहेको छ । 

भोटेकोशी गाउँपालिका वडा नं २ र ३ को तातोपानीमा करिब दुई हजार ५०० बासिन्दा रहेकामा तुइन बनेपछि एक हजार ५०० वासिन्दा राजधानीलगायतका ठाउँमा गइसकेका छन् । अन्यत्र गएर बस्न नसक्ने निर्धन र निमुखा मात्र हाल त्यहाँ रहेको प्रमुख पौडेलले बताउनुभयो । भूकम्पले चिरा परेका र हालको पहिरोका कारण तातोपानीका लिपिङ, दुगुनागढी, यार्मासँग, फुल्पिङकट्टीको हिन्दी, डाकलाङ क्षेत्र र मार्मिङलगायत बस्तीका बासिन्दा विस्थापित भएका छन् ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse with double digit

    नेप्से दोहोरो अंकले सुधारियो

    मंगलबार पुनः पूँजी बजारमा दाहोरो अंकको सुधार आयोे । आइतबार उच्च दरले उकालो लागेको बजार सोमबार ऋणात्मक रही यस दिन पुनः सुधारिएक ...

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

yummyfood