1478958692 banner ad format

 
 

काठमाडौँ -कार्यकारी निर्देशक घिसिङले तिला कर्णाली जलविद्युत् आयोजनाको सिएसएस पावर कम्पनीसँग समझदारीपत्रमा मात्रै हस्ताक्षर भएको जानकारी दिँदै सो आयोजनासँग १० वर्षसम्म मात्रै अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता हुने बताए ।

upper karnali min

कुल ६०० मेगावाट क्षमताको सो आयोजनामा कर्णालीवासीलाई न्यूनतम रु एक लाख बराबरको सेयर दिने घोषणा ऊर्जा मन्त्रालयले गरेको छ । 


वैदेशिक लगानी भित्र्याउनका लागि अमेरिकी डलरमा नै सम्झौता गर्नुपर्ने बाध्यता रहेको स्पष्ट पार्दै कार्यकारी निर्देशक घिसिङले जोखिम न्यूनीकरणका लागि विशेष कोष पनि सञ्चालन गरिने र विगतका गल्तीबाट पाठ सिकेरमात्रै निर्णय हुने बताए । 

खिम्ती र भोटेकोसीमा गरिएको डलर सम्झौताका कारण प्राधिकरणको आर्थिक स्वास्थ्य प्रभावित भएको भन्दै सांसदहरुले आगामी दिनमा कुनै पनि आयोजनामा त्यसखालको सम्झौता नगर्न ऊर्जा मन्त्रालय र प्राधिकरणको ध्यानाकर्षण गराएका थिए ।

 

प्रकासित मिति

Loading...

 

yummyfood