1478958692 banner ad format

 
 

काठमाडौँ। ललितपुर जिल्ला गोदावरी नगरपालिका–६ स्थित काफलडाँडा र लामिडाँडामा १०० घरका लागि एकीकृत बस्ती निर्माण सुरु भएको छ । 

Lalitpur District Kaphaladamda and Lamidanda construction houses

२०७२ साल वैशाख १२ गतेको भूकम्प र पटक पटकको परकम्पले क्षति हुन पुगेका यहाँका घर पुनःनिर्माण हुन नसक्दा स्थानीयवासी टहरामा बस्न बाध्य थिए । बतास फाउन्डेसन, एसटेन एबल कन्स्ट्रक्सन प्रालि र ओमान च्यारिटेबल अर्गनाइजेसनको साझेदारीमा एकीकृत बस्ती निर्माण हुन लागेको हो । बस्ती तीन महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले शुक्रबार एकीकृत बस्तीको शिलान्यास गरे । सो अवसरमा राज्यमन्त्री खड्काले भूकम्पपीडितका लागि सबै किसिमका पूर्वाधार पुग्नेस्थलमा एकीकृत बस्ती निर्माण गरिनु उदाहरणीय काम भएको बताए । 

कार्यक्रममा सांसद उदयशमशेर राणा, गोदावरी नगरपालिकाका नवनिर्वाचित प्रमुख गजेन्द्र मर्हजन लगायतले भूकम्पपीडितका लागि स्थायी आवास पुनःर्निर्माणमा पहिलो प्राथमिकता दिइनुपर्नेमा जोड दिए । 

स्थानीयवासी रामप्रसाद सापकोटाले भूकम्पको दुई वर्ष बित्दासमेत आवास पुनःनिर्माण गर्न नसकेकामा सहयोगी संस्थाले पुन्यको काम गरेको बताए । 

फाउन्डेसनले यसअघि रसुवा जिल्लाको नौकुन्ड गाउँपालिकामा १५१ भूकम्पपीडित परिवारका लागि एकीकृत बस्ती निर्माण सम्पन्न गरेको थियो ।

प्रकासित मिति

Loading...

 

yummyfood