1478958692 banner ad format

 
 

चितवन। ठाउँ ठाउँमा पहिरो खसेर अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्डको भालुढुङ्गामा गएराति पहिरोले सडक बगाउँदा समस्या थपिएको छ । 

नारायणगढ मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार नारायणगढबाट २७ किलोमिटरको दूरीमा रहेको भालुढुङ्गामा खोल्साले सडकको तीन मिटर क्षेत्र बगाएको छ । तीन मिटर नै हाराहारी लम्बाइ बगेपछि तलबाट ग्याबिन लगाएर बाटोको सतह मिलाउनका लागि काम थालिएको उनले बताए । 

सडकका अन्य ठाउँको पहिरो पन्छाउँदै गर्दा बगेको सडक मर्मत गरिसक्ने गरी काम थालिएको छ । सो सडकका १० ठाउँमा ठूला पहिरा खसेका छन् भने ठाउँठाउँमा साना पहिरा झरिरहेपछि सडक अवरुद्ध बनेको छ । बुधबार साँझदेखि अवरुद्ध बनेको सडकको संवेदनशील क्षेत्रका बीचमा फसेका गाडी बिहीबार साँझ सडक एकतर्फी खोलेर गन्तव्यतर्फ पठाइएको थियो । 

आज बिहानदेखि दुईतर्फी सडक सञ्चालनका लागि काम भइरहेको खनालले बताए । दिउँसोसम्म सडक सञ्चालनका लागि दमौलीबाट एउटा लोडरसमेत झिकाइएको छ । ती ठाउँका पहिरो पन्छाउन मुग्लिनतर्फ तीन लोडर र दुई एक्साभेटर प्रयोग गरिएको थियो भने सीमलतालदेखि गाईघाटसम्म दुई लोडर र एक एक्साभेटरले पहिरो पन्छाइरहेका थिए । 

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर खनालका अनुसार १० ठाउँमा ठूला पहिरो खसेका हुन् । अन्य भित्तो काटिएका ठाउँमा साना पहिरो खसेका छन् । मुग्लिनदेखि गाईघाटसम्मको १७ किलोमिटर क्षेत्रमा पहिरो खसेको हो । मुग्लिन नजिकै एउटा ठूलो पहिरो खसेको छ । 

त्यसैगरी, मुग्लिनबाट २.५ किमी नारायणगढतर्फ चेपाङडाँडादेखि कालीखोलासम्मको पाँच सय मिटरमा तीनवटा ठूला पहिरो खसेको खनालले बताए । 

यसैगरी, मुग्लिनबाट ३.५ किमी टोपीखोला, चार किलो भन्ने ठाउँ, ४.५ किमी चोरखोला, सात किलो जलवीरे, नौ किलो भालुढुंगा र १४ किलो केराबारीमा एक–एकवटा ठूला पहिरा खसेको उनले बताए। तीन दिनदेखि सडक अवरुद्ध भएपछि यात्रु सडकमा अलपत्र परेका छन् । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse News market decreased by double digit

    धितोपत्र बजार दोहोरो अंकले घट्यो

    धितोपत्र बजार आज दोहोरो अंकले ओरालो लागेको छ । बाढी पहिरोका कारण मुलुक प्रभावित भएपछि बजार पनि प्रभावित भएको हो । नेपाल स्टक एक ...

  • Kantipathnews Nepal Share Market News Stock trading

    शेयर कारोबार ओरालो लाग्यो

    धितोपत्र बजारमा आज शेयर कारोबार ओरालो लागेको छ । नेपाल स्टक एक्चेञ्ज लिमिटेडका अनुसार आज बजार ८.१९ बिन्दुले ओरालो लागेर एक हजार ...

  • Kantipathnews Nepse News Share on Nepse

    नेप्सेमा २ कम्पनीको शेयर सुचिकृत

    आज बिहिबार नेपाल स्टक एक्चेन्ज नेप्सेमा २ कम्पनीको शेयर सुचिकृत भएका छन् । आज नेप्सेमा जनता बैंक नेपाल लिमिटेड र जनउत्थान सामुदायि ...

yummyfood