1478958692 banner ad format

 
 

बागलुङ । जिल्लाको गलकोट नगरपालिका–११ रिघा, काउचेमा मध्यपहाडी पुष्पलाल लोकमार्ग माथिबाट पहिरो खस्दा ट्याक्सी चालक घाइते भएका छन् । 


Landslides taxi driver injured


मंगलबार साँझ गलकोटदेखि मनेवा जाँदै गरेको ध १ ज ६५७ नं को ट्याक्सी पहिरोमा पर्दा चालक थम्मन परियार घाइते भएका हुन् । चालक परियारमात्र सवार ट्याक्सी गुडिरहेकै अवस्थामा पहिरो खसेको प्रहरीले जनाएको छ । 

घाइते अवस्थामा ट्याक्सीको सिसा फोरेर परियार भाग्न सफल भएको खरबाङ्ग प्रहरी चौकीका हवल्दार कमल भट्टराईले बताए । 

“चालकको टाउको, पिठ्युँमा चोट लागेको छ, अवस्था सामान्य नै छ” हवल्दार भट्टराईले भने, “पहिरोबाट उद्धार गरी उपचारको लागि अस्पताल पु¥याइएको छ ।” ट्याक्सीको पछाडिको भाग पहिरोमा पुरिएको प्रहरीले जनाएको छ । 

डेढसय मिटर माथिबाट खसेको पहिरोले लोकमार्ग अवरुद्ध बनेको ११ नं वडाका अध्यक्ष डम्बर श्रीसले बताउनुभयो । पहिरो साँझपख खसेको र पानी परिरहेको हुुँदा तत्काल पहिरो पन्छाउन नसिएको उनको भनाइ छ । 

सडक अवरुद्ध भएपछि बुर्तिवाङ, खरबाङलगायतका क्षेत्रदेखि सदरमुकाम र बाहिरी जिल्ला चल्ने यातायात प्रभावित भएको छ । प्रहरीका अनुसार पहिरो हटाएपछि आज दिउँसोदेखि सडक सुचारु हुनेछ । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse News market decreased by double digit

    धितोपत्र बजार दोहोरो अंकले घट्यो

    धितोपत्र बजार आज दोहोरो अंकले ओरालो लागेको छ । बाढी पहिरोका कारण मुलुक प्रभावित भएपछि बजार पनि प्रभावित भएको हो । नेपाल स्टक एक ...

  • Kantipathnews Nepal Share Market News Stock trading

    शेयर कारोबार ओरालो लाग्यो

    धितोपत्र बजारमा आज शेयर कारोबार ओरालो लागेको छ । नेपाल स्टक एक्चेञ्ज लिमिटेडका अनुसार आज बजार ८.१९ बिन्दुले ओरालो लागेर एक हजार ...

  • Kantipathnews Nepse News Share on Nepse

    नेप्सेमा २ कम्पनीको शेयर सुचिकृत

    आज बिहिबार नेपाल स्टक एक्चेन्ज नेप्सेमा २ कम्पनीको शेयर सुचिकृत भएका छन् । आज नेप्सेमा जनता बैंक नेपाल लिमिटेड र जनउत्थान सामुदायि ...

yummyfood