1478958692 banner ad format

 
 

महोत्तरी । महोत्तरीको साबिक सरपल्लो गाविस–८ मा तीन वर्षअगाडि निर्माण गरिएको तटबन्धले स्थानीय सयकडौँ घरपरिवार सुरक्षित भएका छन् । बर्सेनि बर्खायाममा गाउँको छेउबाट बग्ने रातु र जङ्घानदीमा आउने बाढीले जनधनको क्षति हुने डरले रातभरि नै जाग्राम बस्दै आएका स्थानीयवासी आजभोलि सुरक्षित महसुस गर्दै निर्धक्क भई रात बिताउन पाएका छन् । 


MAHOTTARI embankment construction


करिब ३ वर्षअगाडि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र जिइएफको आर्थिक सहयोगमा जल तथा मौसम विज्ञान विभागद्वारा सञ्चालित समुदायमा आधारित बाढी तथा हिमपात विस्फोटन जोखिम न्यूनीकरण आयोजनाअन्तर्गत सरपल्लोको छेउबाट बग्ने रातु र जङ्घा नदीमा निर्माण गरिएको तटबन्धले करिब ५०० घरपरिवार सुरक्षित भएका छन् । 

हालसम्म रु दुई करोडभन्दा बढी रकम खर्चिएर सो क्षेत्रमा बसोबास गर्नेलाई बर्खायाममा सुरक्षित बनाउन सफल भएका छन् त्यस क्षेत्रमा तटबन्धनसँगै जिल्ला वन कार्यालयले गरेको वृक्षारोपणले तटबन्धनमा थप मद्दत पुगेको छ । 

बर्सेनि बर्खायाममा अतिजोखिम क्षेत्रमा रहेको सरपल्लोवासीलाई सम्भावित बाढीको खतराबाट बच्न अपनाउन सकिने तरिकासमेत सिकाइएको र बाढीबाट बच्न प्रयोग हुने साधनसमेत हस्तान्तरण गरिएको युएनडिपी र जिइएफका जिल्ला आयोजना अधिकृत दिनेशकुमार साहले बताए। उनले सरपल्लोमै सेल्टर निर्माण गरिएकाले बाढीको खतरा न्यून गर्न मद्दत पुगेको अधिकृत साहले जानकारी दिए । 

तटबन्धनसँगै नदीमा बाढी आउने खतरा मापन गरी साइरन बज्ने प्रविधिको प्रयोग गरिएकाले बर्दिवासको कालापानीमै नदीको जलस्तर बढे विभिन्न तीन किसिमको बत्ती र साइरनले खतराको सङ्केत गर्ने आयोजना अधिकृत साहले बताए । उनले बर्दिवासमै जलस्तर वृद्धि भए सरपल्लोमा समेत जानकारी आउने र सम्भावित खतराको सामना गर्न पर्याप्त समय हुने बताए । उनले सरपल्लोमै सेल्टरसमेत निर्माण गरिएको बताए । 

पाँच वर्षअगाडि बर्सातको मौसममा घर नै बग्ने डरले रातिको समयमा जाग्राम बस्नुपर्ने बाध्यता रहँदै आएको स्थानीयवासी मनतोरिया देवीले बताइन् । रातु र जङ्घा नदीको सङ्गम रहेको सरपल्लो गाउँ नै हरेक वर्ष डुबानमा परी घरपालुवा जीवजन्तु, खेतबारी र घर नै बग्ने डरले बर्खायाममा हुँदै आएको डर तटबन्ध निर्माणले अन्त्य भएको स्थानीयवासी रामचन्द्र महतोले बताए । 

नदीको दुवै छेउमा तारको जालीभित्र ढुङ्गा हालेर तटबन्ध निर्माण भएसँगै सो स्थानमा स्थानीयवासीले धमाधम पक्की घर पनि निर्माण गर्दै आएका छन् ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse with double digit

    नेप्से दोहोरो अंकले सुधारियो

    मंगलबार पुनः पूँजी बजारमा दाहोरो अंकको सुधार आयोे । आइतबार उच्च दरले उकालो लागेको बजार सोमबार ऋणात्मक रही यस दिन पुनः सुधारिएक ...

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

yummyfood