सुजन ढकाल हेटौंडा - बैशाख १२ गतेको भूकम्प गएको ४ बर्ष पूरा हँुदा मकवानपुरमा १३ हजार ७० वटा घर निर्माण सम्पन्न भएको छ । मंगलबार इन्सेक नेपालले हेटौडामा गरेको कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाइ मकवानपुरले निर्माणको क्रम जारी रहेको जनाएको छ ।

Makwanpur houses Construction

पूर्ण क्षति भएका ३४ हजार तीन सय नौ वटा घर मध्ये १३ हजार ७० घर निर्माण सम्पन्न भएको तथ्याङ्कले देखाएको छ । यसै गरी तेश्रो किस्ता १७ हजार २७ जना लाभग्राहीले पाएका छन् भने २२ हजार एक सय ६२ लाभग्राहीले दोश्रो र २७ हजार पाँच सय ८९ जना लाभग्राहीले प्रथम किस्ताको अनुदान प्राप्त गरेको तथ्याङ्क छ ।

पूर्णक्षति भएका लाभग्राही ३४ हजार भन्दा बढी भए पनि विविध कारणले गर्दा जम्मा २७ हजार ८ सय ३४ जना लाभग्राहिले मात्र पुर्ननिर्माण सम्झौता गरेका प्रधिकरणले जनाएको छ । नेपाल सरकारले असार १५ गतेसम्मको लागि अन्तिम पटक गुनासो संकलनको लागि दिएको समयमा सात हजार ९६ लाभग्राहीको गुनासो परेको छ ।

अन्तिम गुनासोमा सबै भन्दा धेरै बागमति गाँउपालिकाबाट एक हजार तीन सय सात जनाको गुनासो परेको जिल्ला आयोजना कार्यान्वयन इकाइ मकवानपुरका इन्जिनियर रबिन पाठकले बताए । गुनासो कार्यान्वयन इकाइमा आइसकेको भन्दै यसको सम्बोधन हुन केही महिना लाग्ने उनले बताए ।

पुर्ननिर्माणको काम गर्नको लागि सबै भन्दा धेरै समस्या ऐलानि जग्गाहरुको रहेको पाठकको भनाइ छ । २०७५ माघ ३१ गतेको निर्णय अनुसार भूकम्प पीडित ऐलानि जग्गामा बस्ने बासिन्दाले ऐलानि जग्गामा घर बनाउन पाउने निर्णय भए पछि केहि सहज भएको इकाइले जनाएको छ । केहि समय अघि एक हजार तीन सय ८७ भूकम्प पीडितहरुले ऐलानि जग्गामा घर बनाउन पाउने भैसकेका छन् । पुर्ननिर्माणको अर्को समस्याको रुपमा प्रबलिकरण पनि रहेको इकाइले जनाएको छ ।

भूकम्प प्रभावित १४ ओटा जिल्ला मध्ये सबै भन्दा धेरै प्रवलिकरणमा मकवानपुर परे पनि अहिलेसम्म एक जनाले पनि दोश्रो किस्ता नलिगेको पाठकले बताए । मकवानपुरबाट १२ हजार ९ सय ४६ जना भूकम्प पीडितहरु प्रवलिकरणमा परेका थिए भने सात हजार दुइ सय ४६ जनाले पहिलो किस्ता लिएका थिए । प्रबलिकरण भनेको के हो भन्ने बारेमा नै स्थानीयलाई जानकारी नहुँदा समस्या भएको इकाइले जनाएको छ ।

प्रबलिकरणमा परेकाहरुले दुइ किस्ता गरेर एक लाख रुपैयाँ पाउँछन तर दोश्रो किस्ता कसैले पनि लिएका छैनन् । भूकम्प प्रभावित घरधनीहरुलाई पहिलो किस्तामा ५० हजार, दोश्रो एक लाख ५० हजार र तेश्रो किस्तामा एक लाख र छानो लगाइसकेपछि थप एक लाख सरकारले उपलब्ध गराएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...