makwanpur road kantipath

हेटौंडा - मकवानपुर उद्योग वाणिज्य सङ्घ अन्तर्गतको हेटौंडा बसोबास संरक्षण मूल समितिले राजमार्गको दायाँ बायाँ १६/१६ मिटर विस्तार गर्न अनुरोध गरेको छ ।

सडक डिभिजन हेटौंडाले असार ७ गतेको सूचना प्रकाशित गरेर २५/२५ मिटर क्षेत्रफलमा घर टहरा हटाउन अनुरोध गरेकोमा मूल समितिको ध्यानाकर्षण भएको बताइएको छ । समितिले मङ्गलवार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै सूचनामा उल्लेख भएबमोजिम राजमार्ग क्षेत्रको नजिक रहेका भवनहरू सडक अतिक्रमण गरेर निर्माण नभई राज्यबाटै लालपुर्जा प्राप्त गरी नियमित एकीकृत सम्पत्ति कर समेत तिर्दै आएको दाबी गरिएको छ ।

बसोबास संरक्षण मूल समितिका संयोजक एवम् मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण कटुवालले २५ मिटर विस्तार हुँदा हेटौंडा नगर क्षेत्रका दुई हजार घरधुरीमा लगानी भएको करिब ४० अर्ब र घरधुरीमा रहेका साना तथा ठुला व्यवसायीको करिब २० अर्ब गरी झन्डै ६० अर्बको क्षति हुने बताए ।

समितिले हेटौंडा सहरलाई त्रिभुवन राजपथ र महेन्द्र राजमार्गबाट मुक्त गरी वैकल्पिक मार्ग निर्माणका लागि अनुरोध गरेको छ । यस्तै रातो माटे देखि चौकिटोलसम्म र बुद्धचोकदेखि राप्तीपुलसम्मको सडकलाई नेपाल सरकारले नगरको मापदण्ड अनुसार सडकपेटीसहित १६ मिटर सहरी मार्ग कायम गर्नुपर्ने, प्रदेश तीन मन्त्री परिषद्बाट निर्णयको भएको १६ मिटरलाई कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ ।

२५ मनिटरै विस्तार गर्नुपर्ने भए घर÷जग्गाको उचित एवम् पर्याप्त मूल्याङ्कन गरी सरकारबाट घर÷जग्गा बापत क्षतिपूर्ति र मुआब्जा प्रदान गर्नुपर्ने कटुवालले बताए । २५ मिटर विस्तार हुँदा हेटौंडा सहरको १६ वटा होटेल तहसनहस हुने होटेल एसोसिएसन अध्यक्ष शंकरलाल श्रेष्ठले बताए ।

makwanpur kantipath

press makwanpur kantipath

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...