1478958692 banner ad format

 
 

काठमाडौँ -  मेलम्चीको पानी उपत्यकामा वितरणका लागि निर्माण गरिएको नेपालकै सबैभन्दा ठूलो पानी प्रशोधन केन्द्रको परीक्षण सफल भएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । 

Melamchi Water Supply Project
सुन्दरीजलमा निर्माण भएको आठ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्रका छवटै कक्षको परीक्षण सम्पन्न भएको हो । वाग्मतीको पानी लगि प्रशोधन केन्द्र परीक्षण गरिएको थियो । परीक्षणबाट केन्द्र निर्माण सफल भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले जानकारी दिए । 

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट २७ किमी लामो सुरुङ मार्ग मार्फत् दैनिक १७ करोड लिटर पानी उपत्यका ल्याइँदैछ । बाँकी आठ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माण पनि तीव्र गतिमा भइरहेको उनले जानकारी दिए  । अर्को प्रशोधन केन्द्र निर्माण पनि विसं २०७५ भदौ मसान्तसम्म सक्ने आयोजनाको लक्ष्य छ । 

“सुरुङको सुन्दरीजल–सिन्धु नौ किमी मार्ग खनी सकिएको छ, सिन्धु–ग्याल्थुम र ग्याल्थुम–अम्बाथानको १.९० किमी सुरुङ निर्माण मात्र बाँकी छ, कमजोर चट्टानका कारण केही ढिलो भए पनि ढिलोमा चैत अन्तिमसाता अथवा वैशाख पहिलो हप्तासम्म पानी राजधानी आइपुग्छ”–उनले भने । 
मेलम्चीको पानी सुन्दरीजलमा प्रशोधन गरेपछि उपत्यकामा वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पाइप विच्छ््याउने काम अन्तिम चरणमा पु¥याएको जनाएको छ । 

थोक वितरण प्रणालीको ७७ किमिमध्ये ६५ किमिको काम सम्पन्न भएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले जानकारी दिए । यसैगरी उपभोक्ताको घर÷घरमा पानी पु¥याइने वितरण सञ्जालको ६७० किमिमध्ये ६२० किमिको काम सम्पन्न भएको छ । 

बाँकी ५० किमीमध्ये पुस मसान्तसम्म पहिलो चरणको वितरण सञ्जाल निर्माण सम्पन्न गरीसक्ने आयोजनाको लक्ष्य छ । दोस्रो चरणमा थप वितरण सञ्जालको पाइप बिच्छ््याउनका लागि काम शुरु गर्ने तयारी भएको बताइएको छ । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse with double digit

    नेप्से दोहोरो अंकले सुधारियो

    मंगलबार पुनः पूँजी बजारमा दाहोरो अंकको सुधार आयोे । आइतबार उच्च दरले उकालो लागेको बजार सोमबार ऋणात्मक रही यस दिन पुनः सुधारिएक ...

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

yummyfood