1478958692 banner ad format

 
 

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको कालीखोला नजिकै गएको पहिरो पन्छाएपछि सडक आज साँझ ६ः३० बजेदेखि सञ्चालनमा आएको छ । 

mugling kalikhola pahiro
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार शुक्रबार बिहान ८ बजे खसेको पहिरो पन्छाउँदै गर्दा दिउँसो १ बजे पुनः अर्को पहिरो खसेको थियो । 

दिउँसो १ बजे खसेको ठूलो पहिरोका कारण अवरुद्ध सडक ३४ घन्टा ३० मिनेटपछि आज साँझदेखि सञ्चालनमा आएको हो । सडकमा खसेको पहिरो पन्छाउनका लागि मुग्लिनतर्फबाट दुईवटा र नारायणगढतर्फबाट दुईवटा डोजर र एक्साभेटर प्रयोग गरिएको थियो । पहिरो खसेपछि अवरुद्ध बनेको सडक पहिरो पन्छाएसँगै सञ्चालनमा आएको हो । 

सो पहिरो हेर्नेक्रममा शुक्रबार एकजनाको मृत्यु भएको थियो भने आज एकजना त्रिशूली नदीमा खसी बेपत्ता भएका थिए । पहिरोका कारण रोकिएका सवारी साधन पनि पहिरो पन्छाएपछि आ–आफ्नो गन्तव्यतर्फ लागेको थापाले बताए । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

  • kantipathnews Nepal Share Market News Market businesses

    धितोपत्र बजार : तीन अर्ब बढीको कारोबार

    धितोपत्र बजारमा यस साता रु तीन अर्ब ६१ करोड ५७ लाख १७ हजार मूल्यबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कुल १ ...

yummyfood