Hidden
यस्तो बन्नेछ धुर्मुस–सुन्तली फाउन्डेसनको नमुना नेपाल (भिडीयोसहित)
काठमाडौँ -धुर्मुस–सुन्तली फाउन्डेसनले ‘नमुना नेपाल’ बनाउने महत्वकांक्षी योजना सार्वजनिक गरेको छ ।
फाउण्डेशनले काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गदैं नेपाल भित्रको नेपाल नमुना नेपालको अवधारणा सार्वजनिक गरेको छ ।
फाउन्डेसनका संस्थापकद्धय चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुमुर्स’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अव नेपाललाई विश्व सामू चिनाउन पनि ‘नमुना नेपाल’ निर्माण योजना अघि सार्नु परेको स्पष्ट पारे ।
फाउन्डेसनले सबै समुदाय, जाति, भाषा, समुदायलाई जोडेर नेपाललाई विश्वमा चिनाउने गरी ‘नमुना नेपाल’ अभियान संचालन गर्ने पनि स्पष्ट पारेको छ ।
फाउन्डेसनले ‘नमुना नेपाल’ बनाउनका लागि ५ सय देखि १ हजार रोपणी जग्गा उपलब्ध गराउन सरकारसँग माग पनि गरेको छ ।
प्रकासित मिति
Loading...
Loading...
Loading...