annapurna add

muglin vasiyako sadak

नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक थप भासिएपछि सवारी साधन एकतर्फी सञ्चालन गरिएको छ । सोमबार बिहान भासिएको सो ठाउँमा ग्राबेल हालेर दुईतर्फी यातयात सञ्चालनका लागि काम भइरहेको छ । २०६० सालमा सडक मुनिबाट एङ्कर वाल दिएर निर्माण गरिएको थियो । तलबाट त्रिशूली नदीले काटेका कारण एङ्कर वालले काम गर्न छाडेको छ ।

डिभिजन सडक कार्यालयका अनुसार यसअघि भासिएको ठाउँमा थप भासिएपछि समस्या भएको हो । सो सकडखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक बिस्तार गरेको एक वर्ष नपुग्दै भासिएका थियो ।

दुई वर्षअघि सो सडक विस्तारको काम गरिएको हो । सडक निर्माण गरिएको एक वर्ष नपुग्दै सो ठाउँ र २६ किलोमा ६ दशमलव ५ मिटर फराकिलो सडक ७० मिटर लामो भाग भासिएको छ । १७ किलोमा तीनदेखि ३ दशमलब ५ मिटर फराकिलो ३५ मिटर लामो क्षेत्रमा एक फिटजति सडक भासिएको छ । सो ठाउँमा सडक नौ मिटर फराकिलो छ । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...