1478958692 banner ad format

 
 

रत्ननगर (चितवन) । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा आज बिहान खसेको पहिरोका कारण सडक अवरुद्ध हुन पुगेको छ । 

NARAYANGADH Mugling road landslide carakiloma

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रातिको समयमा पहिरो खसेपछि बिहान ३ बजेसम्म एकतर्फी गाडी चलेपनि विहान ४ बजेदेखि यातायात पूर्णरुपमा बन्द भएको हो । अहिले डोजरको सहयोगमा पहिरो पन्छाउने क्रम चलिरहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । 

बेलाबेलामा पानी परिरहेकाले पहिरो पन्छाउन समस्या आउने गरेको प्रहरीले जनाएको छ । पहिरोका कारण यातायात बन्द हुँदा चितवनबाट काठमाडौँ तथा पोखरा जाने र आउने सवारीको ठूलो लाइन लागेको छ । 

दुई दिनअघि पनि यहाँको कालीखोलामा पहिरो खस्दा ८ घन्टा यातायात बन्द हुन पुगेको थियो । मुग्लिन सडक विस्तारका क्रममा रहेकाले यहाँ पहिरो खस्ने क्रम चलिरहेको छ । केही महिनाअघि यहाँ सुक्खा पहिरो खस्दा दुईजनाको ज्यानसमेत गएको थियो ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse with double digit

    नेप्से दोहोरो अंकले सुधारियो

    मंगलबार पुनः पूँजी बजारमा दाहोरो अंकको सुधार आयोे । आइतबार उच्च दरले उकालो लागेको बजार सोमबार ऋणात्मक रही यस दिन पुनः सुधारिएक ...

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

yummyfood