1478958692 banner ad format

 
 

चितवन । बुधवार साँझबाट अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड आज दिउँसो २ः१० बजेदेखि दुईतर्फी सञ्चालनमा आएको छ । 

उक्त सडकखण्डमा १० भन्दा बढी ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार पहिरोले बगाएको भालुढुंगाबाहेक अन्य ठाउँमा दुईतर्फी सडक सञ्चालनमा आएको हो । 

गएराति बगाएको भालुढुंगामा भने एकतर्फी सञ्चालनमा आएको खनालले बताए । साँझसम्ममा सो ठाउँमा पनि दुईतर्फी सवारी सञ्चालनमा आउने उनले बताए । आयोजनाका इन्जिनियर खनालका अनुसार नारायणगढबाट २७ किमीको दूरीमा रहेको भालुढुंगामा खोल्साले सडकको तीन मिटर क्षेत्र बगाएको थियो । 


सो ठाउँमा तलबाट ग्याबिन लगाएर बाटोको सतह मिलाउनका लागि काम भइरहेको उनले बताए । सडकमा पहिरो पन्छाउन मुग्लिनतर्फ चार लोडर र दुई एक्साभेटर प्रयोग गरिएको थियो भने सिमलतालदेखि गाईघाटसम्म दुई लोडर र एक एक्साभेटरले पहिरो पन्छाइरहेका थिए । 

तीनदिनदेखि सडक अवरुद्ध भएपछि अलपत्र परेका यात्रु सडक सञ्चालनमा आएसँगै आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । सडकका संवेदनशील क्षेत्रमा पहिरोका बीचमा रहेका १२५ वटा सवारीसाधनलाई बिहीबार साँझ एकतर्फी सडक खोलेर गन्तव्यतर्फ पठाइएको थियो । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

yummyfood