annapurna add

सिमकोट : राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लालाई छिमेकी मुगु जिल्लाबाट निर्माण भइ रहेको लिङ्क रोडको प्रारम्भिक ट्र्याक खोल्ने कार्य पूरा भएको छ ।

Roadबन्दाबन्दीबीच मेसिन र कामदारको प्रयोग गरेर ट्र्याक खोल्ने कार्य पूरा भएको हो ।

दक्षिण पूर्वी हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न निक्कै महत्व राख्ने मुगु–हुम्ला लिङ्क रोडको प्रारम्भिक ट्र्याक खोल्ने कार्य पूरा भएको चङ्खेली गाउँपालिकाकी उपाध्यक्ष बिमला शाहीले बताउनुभयो । सडकको ट्र्याक खोल्ने कार्य पूरा भएसँगै यति चाँडै सडक जोडिएला भन्ने जनताले विश्वास नलिएको बेला सबैतिर खुसियाली छाएको उहाँको भनाइ छ ।

सडक जोडिएसँगै हुम्ला जिल्ला पर्यटकीय क्षेत्र मुगुको रारा हुँदै जुम्लासँग पनि जोडिएको छ । बन्दाबन्दीबीच सडकको प्रारम्भिक कार्य पूरा भए पनि अझै धेरै कार्य गर्न बाँकी रहेका कारण ती कामलाई पनि चाँडो सम्पन्न गर्ने गरी कामअघि बढाउन उपाध्यक्ष शाहीले बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोग (डीएफआडी)लाई आग्रह गर्नुभयो । त्यससँगै उक्त सडकले हुम्ला जिल्लाका आर्थिक पक्षसँग पनि महत्व राख्ने छ ।

मुगुको गमगडीदेखि हुम्ला जिल्लाको चङ्खेली गाउँपालिकाको देउलीसम्म ६७ किलोमिटर सडकको ट्र्याक खोल्ने कार्य पूरा भएको सडक निर्माण गरिरहेको ग्रामीण पहुँच कार्यक्रम (¥याप थ्री)का परियोजना व्यवस्थापक विष्णु विष्टले बताउनुभयो । कामदार र मेसिन दुवै प्रयोग गर्दा निर्धारित मितिमै काम गर्न सकिएको छ । सो सडक निर्माण गर्नका लागि बाह्रवटा एक्साभेटर र पचास समूहभन्दा बढी कामदार सहभागी हुँदै आएका थिए । एक समूहमा बीस जना कामदार सहभागी हुन्छन् ।

सन् २०१८ को मार्च अठारबाट उक्त सडकको निर्माण कार्य सुरु भएको थियो । बन्दाबन्दी सुरु भएपछि रोकिएको सडकको निर्माण कार्य तीन हप्ताअघि पुनः सुरु गरिएको थियो ।

गत चैतभित्रै ट्र्याक खोल्ने लक्ष्य भए पनि कोरोना कहरले त्यो सम्भव नभएको तर सरकारले पछि सावधानी अपनाएर काम गर्न सकिने निर्णय गरेपछि एकवटा मेसिन, सीमित कामदार लगाएर सडक निर्माण सुरु भएको थियो ।

सडकको अधिकांश क्षेत्रमा चारदेखि पाँच मिटर चौढाइ छ । केही असजिलो क्षेत्रमा भने तीन मिटर पनि काम भएको उहाँले बताउनुभयो । प्रारम्भिक काम सम्पन्न भएपछि अब सडकको स्तरोन्नति गर्ने कार्य पनि बन्दाबन्दीकै बीच सुचार गरिने व्यस्थापक विष्टले बताउनुभयो ।

सन् २०२० को अक्टोबरसम्म सबै काम सम्पन्न गर्ने गरी काम अगाडि बढाइने कार्यक्रमले जनाएको छ । कामदारले यस अवधिमा सामाजिक दूरी कायम गर्दै, मास्क, ग्लोब, हेलमेट लगाएर काम गर्नु भएको थियो ।

त्योसँगै -याप थ्रीले ती कामदारको बीमासमेत गरेको छ । यसअघि नै सोही परियोजनाले देउलीबाट सलिसल्लासम्म छ किलोमिटर सडकको निर्माण कार्य पूरा भइसकेको छ ।

सो सडकले सलिसल्लामा कर्णाली करिडोरलाई जोडेको छ । यसबाट सदरमुकाम सिमकोटसम्म सो सडक जोडिने छ । याे समाचार आजकाे गाेरखापत्र दैनिकमा छ ।

प्रकासित मिति

 
 
Loading...

 

ताजा खबर