1478958692 banner ad format

 
 

बनियानी (झापा) । झापामा चालू आवको नौ महिनाको अवधिमा करिब रु डेढ अर्बको लागतमा विभिन्न नयाँ उद्योग सञ्चालनमा आएका छन् । 

Nepali Economic News New industries Jhapa min

उक्त अवधिमा कुल पुँजी रू एक अर्ब ३८ करोड सात लाख २७ हजारको लागतमा ७०६ वटा उद्योग सञ्चालनमा आएको घरेलु तथा साना उद्योग कार्यालय झापाले जनाएको छ । 

सञ्चालनमा आएका उद्योगमध्ये उत्पादनमूलक १८७, कृषिजन्य २०१, सेवामूलक २८०, पर्यटन र निर्माण सम्बन्धी १९÷१९ उद्योग सञ्चालनमा आएको कार्यालयका उद्योग अधिकृत चन्द्रप्रसाद मिश्रले जानकारी दिए । 

कुल ७८४ उद्योगीले सञ्चालन गरेका ती उद्योगमा दुई हजारले रोजगारी पाएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । ती उद्योगको उत्पादकत्व वार्षिक रू ८२ करोड २९ लाख ८९ हजार २६२ रहेको छ । 

ती उद्योग दर्तावापत रू ७४ लाख ३७ लाख ४२४ राजस्व सङ्कलन भएको कार्यालयका नायब सुब्बा विष्णुचन्द्र झाले जानकारी दिनुभयो । त्यस्तै, सोही अवधिमा वाणिज्यतर्फ निजी र साझेदारी गरी ७९६ वटा फर्म दार्ता भएका छन् । 

उद्योग दर्ता बढ्दै 
गत आवको तुलनामा चालू आवमा ११० वटा उद्योग बढी दर्ता भएका छन् । आव २०७२÷७३ को चैतसम्ममा ५९६ उद्योग दर्ता भएका थिए । तर, चालू आवको सोहि अवधिमा ७०६ उद्योग दर्ता भएका छन् । 

गत आवमा १०७ महिला र ६९६ पुरुषले विभिन्न ७१६ उद्योग दर्ता गरेका थिए । रू ९७ करोड २१ लाख ८३ हजारको कुल पुँजीमा सञ्चालन गरिएका ती उद्योगको उत्पादकत्व वार्षिक रू ७२ करोड १० लाख नौ हजार रहेका छन् भने यसबाट दुई हजार ६० जनाले रोजगारी पाएको कार्यालयको तथ्याङ्क छ । 

गत वर्ष कार्यालयले उद्योग दर्ताबापत रू ५८ लाख ४२ हजार एक सय राजस्व सङ्कलन गरेको थियो । 

उद्योग सञ्चालनको वातावरण सहजः उद्योगी 
उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य उमेश डालमिया पछिल्लो सयम झापामा शान्ति सुरक्षाको अवस्था राम्रो हुँदै गएकाले पनि यहाँ उद्योग खुल्नेक्रम बढ्दै गएको बताए । 

“स्थानीय उद्योगले उत्पादन गरेका वस्तुले राम्रो बजार पाएको छ”–उहाँ भन्नुहुन्छ, “उत्पादन गरेको वस्तु आन्तरिक बजारमै सहजै खपत हुनुले पनि उद्योग सञ्चालनमा ऊर्जा थपिएको छ ।” 

झापा उद्योग सङ्घका अध्यक्ष टीकाराज ढकाल भारतबाट सहजै रुपमा उद्योगलाई चाहिने कच्चा पदार्थ ल्याउन सकिने भएकाले पनि उद्योग खुल्नेक्रम बढेको बताउछन् । पछिल्लो समयमा विदेश गएर फर्किएका युवामा पनि स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचको विकासले पनि उद्योग फस्टाउँदै गएको उनको भनाइ छ ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

yummyfood