1478958692 banner ad format

 
 

रसुवा। गएरातिको वर्षाका कारण पहिरो जाँदा पासाङ ल्हामु राजमार्गको राम्चे खण्डमा सवारीसाधन रोकिएको छ । 

pasang Lhamnu Highway min

राम्चेका समाजसेवी चामसिंह तामाङका अनुसार कालिका गाउँपालिका–१ पुरानो सेनापोस्टदेखि तेम्राङ खोलासम्म करिब ७०० मिटर सडक ठाउँठाउँमा पहिरोले क्षति पु¥याउँदा यात्रुवाहक बस र नेपाल–चीनको व्यापारिक सामान ढुवानी गर्ने दर्जनौँ ट्रक तथा कन्टेनर बीचबाटोमा नै रोकिएका छन् । 

सदरमुकाम धुन्चेबाट १६ किमी दक्षिणमा पर्ने उक्त पहिरो पन्छाई सवारी आवागमन सञ्चालन गर्न प्रयास शुरु भइरहेको ट्राफिक प्रहरी रसुवाले जनाएको छ । 

त्यस्तै, उत्तरी रसुवाको टिमुरे र घट्टेखोलाबीच पहिरो जाँदा सो स्थानमा समेत सडक अवरुद्ध भएको छ । पहिरो खुलाउन सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र रसुवागढी हाइड्रोपावरको डोजर परिचालन भइरहेको सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रहरी निरीक्षक प्रेमसिंह धामीले जानकारी दिए । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

yummyfood