1478958692 banner ad format

 
 

काठमाडौँ । तीस मेगावाट क्षमताको पिके हाइड्रोपावर प्रालिमा रुसले रु पाँच अर्ब १० करोड लगानी गर्ने भएको छ । 

PK hydel project

उद्योग मन्त्रालयअन्तर्गतको उद्योग लगानी तथा प्रवद्र्धन बोर्डको आज बसेको बैठकले उक्त आयोजनामा रुसको लगानीलाई स्वीकृति दिएको उद्योग विभागका महानिर्देशक शंकर अर्यालले जानकारी दिए । पिके हाइड्रोपावर रामेछाप, ओखलढुंगा र दोलखाको सिमानामा पर्ने लिखु खोलामा अवस्थित छ । 

उद्योग मन्त्रालयको समेत जिम्मेवारीमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बोर्ड बैठकमा विदेशी लगानी प्रोत्साहन गर्ने, स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्ने तथा उद्योग क्षेत्रमा सुधार गर्ने जस्ता नीतिका बारेमा समेत छलफल भएको थियो । 

उद्योगमन्त्रीको अध्यक्षतामा रहने बोर्डमा सम्बन्धित मन्त्रालयका सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, राष्ट्रिय योजना आयोगका सदस्य, निजी क्षेत्रको व्यावसायिक संगठनका प्रतिनिधिलगायत करिब दुई दर्जन सदस्य छन्  । बोर्डले दुई अर्ब रुपैयाँभन्दा बढीको विदेशी लगानीलाई स्वीकृति दिने गर्दछ । 

नेपालमा आर्थिक वर्ष २०७३÷७४ सम्म जम्मा चार हजार ७५ उद्योगमा रु दुई खर्ब १२ अर्ब ८३ करोड ८५ लाख विदेश लगानी भएको छ । विसं २०७३ असार मसान्तसम्म मुलुकभर सात हजार ७३ उद्योग दर्ता भएका छन् । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

yummyfood