annapurna add

सिर्जना स्नेही  बझाङ । प्रधानमन्त्री रोजगार कार्यक्रममा पुरुष भन्दा महिलाको आवेदन बढी परेको छ । जिल्लाको जयपृथ्वी नगरपालिकाले कार्यक्रमको लागि संकलन गरेको वेरोजगार ब्यक्तिहरुको विवरणमा महिलाहरुले बढी आवेदन दिएका हुन ।

PM RojgarFile photo

कार्यक्रम अन्तरगत नगरपालिकामा आवेदन दिने ५ हजार ४३६ जना मध्य महिलाको संख्या ३ हजार ३३ रहेको छ भने पुरुषको २ हजार ४०३ जना छन ।

नगरपालिकाको तथ्यांक अनुसार सबैै भन्दा धेरै वडा नं. ३ मा ७ सय ७७ र सबै भन्दा कम वडा नं. २ मा २ सय ४० जनाले आवेदन दिएका छन् ।

त्यसैगरी वडा नं. १ का ७ सय १०, वडा न.४ का ३ सय ५८, वडा नं. ५ का ४ सय १४ जनाले रोजगार कार्यक्रमको लागि आवेदन दिएका छन ।

यस्तै वडा नं. ६ मा ३ सय ८०, वडा नं. ७ मा ७ सय ८, वडा नं. ८ मा ३ सय ६५, वडा नं. ९ मा २सय ८८, वडा नं. १० मा ४ सय २३, र वडा नं. ११ मा ७ सय ७३ जनाले आवेदन दिएका छन् ।

आवेदन दिएका सबै रोजगार कार्यक्रममा छनौट भने नहुने भएका छन । प्राथमिकताका आधारमा व्यक्ति छनोट गरीने र छनोट भएकाहरुलाई संघ, प्रदेश वा स्थानिय तहका योजनाहरुमा १०० दिनको लागि काम दिइने नगरपालिकाले जनाएको छ।

प्राथमिकताकाको आधारमा हाल ४ वटा वडाका लागि योजना छनोट गरिएको  छ । जसमा वडा नं. ३ को पडेशमा नवानाउला देखि पाण्डु माविसम्म बाटो मर्मत, वडा नं.११ भिमलमा वडा कार्यालय भवनको कम्पाउन्ड घेरबार तथा खानेपानी निर्माणको योजना छनौट गरिएको रोजगार संयोजक रामचन्द्र धामीले जानकारी दिए ।

यस्तै वडा नं. २ मोर्तलीमा भगाला सिचाई कुलो निर्माण र वडा नं.७ सुवेडामा खड्केतोला गैराकोट सम्म बाटो निर्माण आयोजनामा बेरोजगारहरुलाई काम दिइने धामीले बताए ।

उनका अनुसार आवेदन दिएका मध्यबाट प्राथमिकताका आधारमा छनोट गरीने र योजना लागू भएका प्रत्येक वडाबाट १२ जनाका दरले जम्मा ४८ जनाले यि योजनाहरुमा रोजगार पाउने छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...