Ramechhap

पुष्कर खड्का- रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिकाकी उपप्रमुख माया कुमारी कार्कीले एकल महिलाहरूको हकहित र अधिकारको विषयमा काम गर्ने बताएकी छिन् ।

उनले एकल महिलाहरूको लागि सिपमूलक तालिम सहित भवन निमार्णको लागी सहयोग गर्ने प्रतिबद्धता समेत जनाएकी छिन् । ९ औँ अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसरमा मन्थली नगरपालिका वडा नं. १ को आर्थिक सहयोगमा मानव अधिकारका लागि एकल महिला समूहको आयोजना आइतबार सदरमुकाम मन्थलीमा भएको कार्यकक्रममा उपप्रमुख कार्कीले यस्तो बताएकी हुन् । दिवसको अवसरमा रामेछापका एकल महिलाहरूले रातो पहिरन सहित रातो टिका लगाएका छन् ।

कार्यक्रममा मन्थली नगरपालिका वडा नम्बर एकका ८८ जना एकल महिलालाई रातो फरिया र गम्छा वितरण गरिएको छ । कार्यक्रममा मन्थली नगरपालिका वडा नं १ का वडा अध्यक्ष नारायणदास श्रेष्ठले एकलमहिलाको भवन निमार्णको लागि जग्गा दिने बताए ।

उनले एकल महिलाहरूका लागि वडाले काम गर्न सुरुवात गरेको वताउदै अब सबै बडाहरूले एकल महिलाको हितमा काम गर्ने बताए । त्यस्तै एकल महिला समूह रामेछापका सल्लाहकार तारा भन्डार मगरले एकल महिला धर्तिमाता भएकाले नरामो्र व्यवहार नगर्न सबैलाई आग्रह गरिन् ।


नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष रमेश ढुङ्गेलले एकल महिलाहरूमा हीनताबोध हुने काममा जागिर नहुने, एकल महिलाहरूले रातो पहिरन लगाउन नहुने जस्ता सामाजिक कुरीतिले ग्रस्त समाजको परम्परालाई तोड्न सबै एक जुट भएर लाग्नु पर्नेमा जोड दिए ।

मन्थली नगर कार्यपालिकाकी सदस्य ममता श्रेष्ठले एकल मलिाहरुलाई समाजले पनि तिरस्कार गर्ने, बोक्सीको आरोप लगाउने जस्ता अमानवीय क्रियाकलाप सामाजिक रूपमा अझै पनि रहेकाले यस्तो कुरामा विश्वास गर्न नहुने बताइन् ।

कार्यक्रम एकल महिला समूहकी अध्यक्ष शान्ता कार्कीको अध्यक्षता र मन्थली नगरपालिका उपप्रमुख माया कुमार कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर