tealaya add

ramachap kantipath

पुष्कर खड्का /रामेछाप - रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकास्थित शिवालयमा बैंकको शाखा सञ्चालनमा आएपछि स्थानीय खुसीयाली छाएको छ । सनराइज बैंकले आफ्नो १०९ औँ शाखाको रूपमा गोकुलगंगा गाउँपालिका–१ शिवालय बजारमा स्थापना गरेको हो । गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्का बहादुर सुनुवारले बैङ्कको उद्घाटन गर्दै बैंंकको कारण कारोबार गर्न सहज भएको बताए । बैंक स्थापना गर्दा विकासको एउटा इट्टा थपिनुको साथै बैंककिङ क्षेत्रमा सबैले सहज रूपमा सेवा पाउने बताए ।


उनले चुचुरा शिवालय क्षेत्रलाई पर्यटन प्रर्बद्धन गर्न जटा पोखरी ,पाँच पोखरी लगाएताका क्षेत्रको उचित प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकहरू भित्राउने योजना रहेको बताए । कार्यक्रममा गोकुलगंगा गाउँपालिका–१ का वडा अध्यक्ष मणिकुमार लामाले गोकुलगंगा गाउँपालिका भित्र दुईवटा बैंक र एटिएम सहितको सनराइज बैंकको शाखा खोलिनु उपलब्धि रहेको बताए ।

कार्यक्रममा लिखत हाइड्रोपावरका , राजन कुमार खत्री, रोकट बस्नेत गौरीशङ्कर संरक्षण क्षेत्रका प्रमुख राजेन्द्र कुमार यादव सनराइज बैंकका वरिष्ठ प्रबन्धक दीपकराज जोशी,सनराइज बैंक बाम्तिभण्डार शाखाका शाखा प्रबन्धक सफल आचार्य लगायतले बैंकको बैंक सञ्चालनले कारोबार गर्न सहज भएको बताएका थिए ।बैंकले एटिएम सहितको कारोबार सुरु गरेका छ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...

ताजा खबर