Rasuwagadhi Hydropowerरसुवागढी हाइड्रोपावर कम्पनीले मङ्सिर १९ गते बिहिबार राष्ट्रिय सभागृह भृकुटीमण्डपमा साधारणसभा आह्वान गरेको छ ।

कम्पनीले सभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नगद प्रवाह हिसाब, लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्ताव पेश गर्ने छ । त्यस्तै कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पनि सभामा पेश हुने छ ।कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर ४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा  भाग लिन पाउने छन् ।

कम्पनीले १११ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजना सरकारको 'जनताको जलविद्युत योजना'मा समावेश भएको छ ।

Rasuwagadhi Hydropower1

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...