1478958692 banner ad format

 
 

भक्तपुर । सूर्यविनायक नगरपालिका र डिभिजन सडक कार्यालय भक्तपुरले आजदेखि सूर्यविनायक चोकदेखि जगातीको चकुखोलासम्मको सडक अतिक्रमण हटाएर सडक फराकिलो गर्ने कार्य सुरु गरेको छ । 

Road encroachment bhaktapur
वर्षौँदेखि व्यापारीको अतिक्रमण हटाएर सडक फराकिलो गर्ने कार्य सुरु गरेको हो । डिभिजन सडक कार्यालयले पटकपटक सूचना जारी गरी सडक अतिक्रमण गरेर बनाइएको टहरा, पर्खाल र थुपारिएको निर्माण सामाग्री हटाउन अनुरोध गर्दै आएका थिए । उक्त सूचनालाई अटेर गरेपछि गत बिहिबार हटाउन खोज्दा तीन दिन समय मागेका थिए । 

तीन दिन समय माग गरेपनि छ दिनसम्म नहटाएपछि जगाती क्षेत्रबाट सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउन थालिएको सूर्यविनायक नगरपालिका वडा नं ८ का वडा अध्यक्ष किरण थापाले जानकारी दिए । वडाध्यक्ष थापाको नेतृत्वमा गएको सडक डिभिजन कार्यालय, स्थानीय बासिन्दा र प्रहरी सहितको टोलीले सडक विस्तार सुरु गरेको हो । 

अरनिको राजमार्गअन्तर्गत उक्त सडक ८२ फिट मापदण्ड मिचेर व्यापारीले सडकमा थुपारिएको निर्माण सामग्री हटाउने र टहरा भत्काउने कार्य नगरेपछि जनप्रतिनिधिको अग्रसरतामा त्यस्ता सामग्री एवम् टहरा हटाइएको हो । सडकमा व्यापारीले वर्षौँदेखि बालुवा, रोडा, ढुङ्गा, डण्डीलगायत निर्माण सामग्री थुपारेर व्यापार गर्दै आएका थिए भने कतिपयले टहरा हालेर व्यापार गर्दै आएका थिए । 

सडक क्षेत्रको अतिक्रमणका कारण हरेक वर्ष वर्षा लागेपछि स्थानीय बासिन्दा र पैदल यात्रीलाई हिँडडुल गर्न समस्या पर्ने, सडकमा पानी जमेर खोला जस्तै बन्ने गरेकाले यस वर्ष त्यो समस्या आउन नदिन अतिक्रमण हटाएर सडक फराकिलो पार्न लागिएको वडाध्यक्ष थापाले बताए। 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

  • kantipathnews Nepal Share Market News Market businesses

    धितोपत्र बजार : तीन अर्ब बढीको कारोबार

    धितोपत्र बजारमा यस साता रु तीन अर्ब ६१ करोड ५७ लाख १७ हजार मूल्यबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कुल १ ...

yummyfood