1478958692 banner ad format

 
 

बाबियाचौर (म्याग्दी) । बाढीले विद्युत्गृह र नहरमा क्षति पु¥याएपछि म्याग्दीको मालीका गाउँपालिका–१ मा रहेको रुम खोला लघु जलविद्युत् परियोजना बन्द भएको छ । 

rom khola Small hydro power project

दरवाङ निस्कोट सडकबाट सोमबार राति आएको बाढीले ५१ किलोवाट क्षमताको परियोजनाको विद्युत्गृह र नहरमा क्षति पु¥याएको छ । विद्युत्गृहभित्र बाढी पसेको छ भने ५० मिटर नहर बाढीले पुरेको नेपाल रेडक्रस सोसाइटी फूलबारी उपशाखाका सभापति कमलनाथ शर्माले जानकारी दिए । 

परियोजना बन्द हुँदा निस्कोट, डाँडागाउँ, फूलबारी, महभिर, अदिभारा र दरवाङका करिब ५०० घरमा विद्युत् आपूर्ति बन्द भएको सभापति शर्माले बताए । सडक निर्माणका क्रममा माटो व्यवस्थापन र ढल निकासका लागि नाली नबनाउँदा बाढी आएको स्थानीय बासिन्दाको भनाइ छ । 

सोही सडकबाट आएको बाढीले मालिका–१ घोर्सेका मानसिङ सापकोटा र गणेश पुनको घर जोखिममा परेको छ । मुक्ति पुन, छविलाल पुन, धनपति सापकोटा र हरदक्त आचार्यको धानखेत तथा भीमविक्रम मल्लको सुन्तलाबारी सडकबाट आएको बाढीले पुरिएको छ । 

यसैगरी बस्ती माथि खनिएको सडकका कारण पहिरो खस्न थालेपछि मालिका गाउँपालिका–३ अदिभाराका दुई घर जोखिममा परेका छन् । 


प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse with double digit

    नेप्से दोहोरो अंकले सुधारियो

    मंगलबार पुनः पूँजी बजारमा दाहोरो अंकको सुधार आयोे । आइतबार उच्च दरले उकालो लागेको बजार सोमबार ऋणात्मक रही यस दिन पुनः सुधारिएक ...

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

yummyfood