tealaya add

safe housenews

हेटौंडा - मकवानपुरमा यस बर्ष १ सय ४५ जना हिंसापीडित महिला तथा बालबालिकाहरुले सेफहाउसमा आश्रय लिएका छन् । सेफहाउस हेटौंडा उपमहानगरपालिका समन्वय समितिका अनुसार जिल्लामा हिंसा पीडित १४५ बालबालिकाले आश्रय लिएका हुन् ।

यस बर्ष विविध कारणले आश्रयबिहिन भएका महिला तथा बालबालिकाहरुका लागि तत्कालिन महिला तथा बालबालिका कार्यालय मकवानपुरद्वारा २०६७ सालदेखि सञ्चालित सेफ हाउसमा १ दिनदेखि एक महिनासम्म पीडितहरुले आश्रय लिने गरेको जिल्ला सेवा केन्द्रकी प्रमुख बिन्दा बर्तौलाले बताइन् ।

यी सेवा केन्द्रहरु मार्फत १ सय १८ जना हिंसा पीडित महिला तथा बालबालिकाहरुले सहयोग प्राप्त गरेका छन् । सेफ हाउस सञ्चालनका लागि प्रदेश तीन सरकारबाट २ लाख ८६ हजार र हेटौंडा उपमहानगरपालिकाबाट ८ लाख रुपैयाँ बजेट प्राप्त भएको प्रमुख बर्तौलाले जानकारी दिइन् ।

अहिले जिल्लामा मकवानपुर गढी गाँउपालिका र इन्द्रसरोबर गाँउपालिका बाहेकका सबै स्थानहरुमा सेफ हाउसका ९ वटा सेवा केन्द्रहरु सञ्चालित रहेका छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...