1478958692 banner ad format

 
 

चौतारा। सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने लार्चाको पक्की पुल पहिरोले भाच्चिएपछि बन्दै गरेको बेलिवृजको काममा सुस्तता आएको छ । 
Sindhupalchok larcha min
बेलिवृजको जग बनाउने (फाउन्डेशन) भागमा ठूलो चट्टान देखा परेकाले त्यसलाई हटाउन धेरै समय लागेको हुँदा तीव्र गतिमा हुनुपर्ने काममा ढिलाइ हुनगएको हो । 

मेसिनरी औजार प्रयोग गर्दा पनि चट्टान फुटाउन नसकी मानवीय शक्तिकै भरमा चट्टान फुटाएर जग तयार गर्न समय लागेकाले पुलको काम सम्पन्न गर्न तिहारपछि मात्र सम्भव हुने डिभिजन सडक कार्यालय दोलखाका डिभिजनल ईन्जिनियर अशोक तिवारीले बताए । 

गएको साउन ८ गते बेलुका अविरल वर्षासँगै माथिबाट खसेको ढिस्कोले भोटेकोशी गाउँपालिकाको फुल्पिङकट्टीस्थित भोटेकोशीको पक्की पुल भाँच्चिएपछि तातोपानीसँगको सम्पर्क विच्छेद भएको थियो । 

७० मिटर लामो पक्की पुल बगाएपछि तातोपानी क्षेत्रका बासिन्दालाई पाँच घण्टाको जोखिमपूर्ण पैदलयात्रा गरेर छिमेकी वडा फुल्पिङकट्टी आवतजावत गर्नु परेको थियो । 

एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सडक विभागले साउन १८ गते बेलिवृजका सबै सामान योजनास्थलमा पु¥याएको थियो । तर काममा ढिलाइ भएकाकारण नै त्यस क्षेत्रका बासिन्दालाई पुल तयार भई सवारी साधनबाट तातोपानी ,बाह्रबिसे काठमाडौँ र काठमाडाँै– तातोपानी आवतजावत गर्न अझै ६ महिना पर्खनुपर्ने अवस्था छ । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

yummyfood