जाजरकोट : जाजरकोटको कुशे गाउँपालिकाले तीन सय दलित परिवारलाई निशुल्क सोलार सेट वितरण गरेको छ। गाँउपालिकाको पहलमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले पूर्ण अनुदानमा सोलार प्रदान गरेपछि दलित समुदायका घर झिलिमिली हुने भएका छन्।

 वर्षौदेखि अँध्यारोमा रात बिताउँदै आएका कुशे ३ अर्छानी दतीवरका चुके कामीले पहिलो पल्ट सोलार पाउँदा निकै खुसी लागेको बताए। उनले रातीमा घरायसी कामकाज गर्न र केटाकेटीलाई पढ्न सहयोग पुग्ने बताए। 

त्यस्तै कुशे–५ खुर्पाकी रञ्जना बादीले निशुल्क सोलार पाउँदा निकै खुसी लागेको बताइन्। उनले बत्ति नहुँदा वर्षौदेखि टुकी र दियालोको भरमा गुजरा चलाउँदै आएको बताइन्।‘छोराछोरीलाई पढ्न सजिलो हुने भएको छ, रातीमा घरको कामकाज गर्न, खाना पकाउन सजिलो भएको छ', उनले खुसी व्यक्त गर्दै भनिन्।

बिजुली बत्ती नहुँदा अँध्यारोमा बस्न बाध्य विपन्न दलित परिवारलाई निशुल्क सोलार प्रदान गरिएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए।

बत्ति नहुँदा टुकी, दियालो र मैनबत्तिको साहारामा पढ्न बाध्य दलित समुदायका बालबालिकालाई सोलारको उज्यालोले अध्ययनमा निकै फाइदा पुग्ने अध्यक्ष बस्तेको भनाइ छ। ‘गाँउपालिकामा ६ सय ६० दलित परिवार छन्। तीमध्ये अति विपन्न तीन सय परिवारलाई सोलार वितरण गरेका छौँ', अध्यक्ष बस्नेतले भने ‘बाँकी परिवारलाई यसैवर्ष सोलारका लागि वैकल्पिक उर्जासँग आवश्यक पहल गर्छु।’

वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले चालु आर्थिक वर्षमा कुशेमा तीन सय र बारेकोटमा तीन सय दलित परिवारका लागि निशुल्क सोलार प्रदान गरेको हो। २० वाटको सोलारको  मूल्य १० हजार पाँच सय पर्छ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर