1478958692 banner ad format

 
 

वालिङ (स्याङ्जा)। चापाकोट नगरपालिका–१ मगरेका २३ घरधुरीमा चौबिसै घन्टा खानेपानीको सुविधा पुगेको छ । 

Solar Water Lifting Nepal min

गाउँभन्दा धेरैमुनि रहेको चिलाउनेघारी मूलबाट खानेपानी बोकेर गुजारा चलाउँदै आएका बासिन्दाले अहिले घर घरमा धारा निर्माण गरी खानेपानी प्रयोग गर्दै आएका छन् ।

संसद् विकास कोषको रु १० लाख, चापाकोट नगरपालिकाको रु डेढ लाख, रिनेवल वल्र्ड र आँधीखोला सामुदायिक विकास केन्द्रको रु छ लाख, आइडी नेपाल र आँधीखोला सामुदायिक विकास केन्द्रको रु डेढ लाख, समुदायको रु एक लाख १० हजार र बाँकी जनश्रमदान गरी रु २६ लाखको लागतमा निर्माण भएको आँधीखोला सामुदायिक विकास केन्द्रका कार्यक्रमका संयोजक ऋषि पौडेलले बताए । 

“झन्डै ७९ मिटर ठाडो तल रहेको चिलाउनेघारी मुहानबाट नौ वटा सोलार प्यानलमार्फत लिफ्ट गरेर गाउँमाथि रहेको ट्यांकीमा पानी सङ्कलन गरेका छौँ” चिलाउनेघारी सोलार लिफ्टिङ खानेपानी योजनाका अध्यक्ष पदम थापाले भने, “प्रत्येक घरधुरीमा छुट्टाछुट्टै धारा निर्माण गरी खानेपानीको उपभोग गर्दै आएका छौँ ।” 

आँधीखोला सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक पौडेलले गाउँमा सम्भवतः आफूहरुले पहिलो पटक मिटर सिस्टम लागू गरेको बताउँदै न्यूनतम रु २० र त्यसपछि प्रतियुनिट रु १० का दरले पैसा सङ्कलन गरिएको र उक्त रकम मर्मत तथा भैपरी आउने खर्च व्यवस्थापनका लागि प्रयोग गरिएको जानकारी दिए । 

सो ठाउँमा खानेपानीको सुविधासँगै स्थानीयवासीलाई तरकारी खेतीप्रति आकर्षित गर्नका लागि पनि सिँचाइका लागि २५ हजार लिटर क्षमताको प्लास्टिक पोखरी निर्माण गरिएको छ । “वर्षौंदेखि पिँठ्युमा पानी बोकेर खान बाध्य बनेका गाउँलेको पानीसँगै दिनचर्यामा पनि परिवर्तन आएको छ” अध्यक्ष थापाले भने, “उत्कृष्ट र धेरै तरकारी उत्पादन गर्ने छ जना किसानलाई हामीले पानीको महसुस मिनाहा गरी व्यावसायिक तरकारी खेतीतर्फ प्रेरित गरेका छौँ ।” रासस 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

  • kantipathnews Nepal Share Market News Market businesses

    धितोपत्र बजार : तीन अर्ब बढीको कारोबार

    धितोपत्र बजारमा यस साता रु तीन अर्ब ६१ करोड ५७ लाख १७ हजार मूल्यबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कुल १ ...

yummyfood