annapurna add

किशोर तमाङ्ग  कञ्चनपुर । कञ्चनपुरकाे दक्षीणी क्षेत्र पुनर्वास नगरपालिका सडक बत्तीका कारण अब रातीको समयमा झलमल्ल उज्यालोमा हिँडडुल गर्न सकिने छ।

एक कार्यक्रम बिच बिहीबार आई बि आर डी बजारमा सडक बत्ति बाली पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापाले उदघाटन गरे पश्चात् आईबिआरडी बजार र रामबस्ती क्षेत्रमा ७६ थान अटो सेन्सर सडक बत्ति जडान सम्पन्न भएको छ ।

प्रदेश सभासद तारालामा तामाङको पहलमा सुदुरपश्चिम प्रदेश पूर्वाधार विकास कार्यक्रम अन्तर्गत प्राप्त बजेट ६ लाख १ हजार र ६८हजार २सय ५६ रूपैयाँ गरी जम्मा ६ लाख ६९ हजार २ सय ५६ रुपैयाँको लागतमा सो आयोजना सम्पन्न भएको वडाध्यक्ष कृष्ण तामाङले जानकारी दिनुभयो ।

सडकमा जडान गरिएका बत्तीहरू अटोमेटिक (अँध्यारो हुँदा बल्ने र उज्यालोमा निभ्ने) हुनाले अत्यन्तै उपयोगी र खपत हुने जिकिर गर्दै यसले रातमा हुनसक्ने अपराधिक क्रियाकलापलाई रोक्न मद्दत मिल्ने पुनर्वास नगरपालिका सब-ईञ्जिनियर लालमान तामाङले बताउनुभयो ।

नगरको बिकास सडक बत्ती र पानी मुख्य हुन। हाल चौतर्फी रूपमा नगर भित्रका अधिकांश सडक फराकिलो ग्रेभिलिङ र कालो पत्रे भईरहेको बेला अटोमेटिक सडक बत्ती जडान हुनुले नगरको बिकासमा सुनमा सुगन्ध थपेको छ।

राति को समय झलमल्ल उज्यालो भई नगरको बिकासको झलको दिन यो सडकबत्ती ल्याउनमा पहल गरीदिएकोमा माननीय ज्यूलाई धन्यवाद ज्ञापन गर्दै थापाले पुनर्वासका हरेक चोकचोकलाई उज्यालो बनाउने लक्ष्यका साथ आफुहरुले काम गरीरहेको जानकारी बत्ती उदघाटन कार्यक्रममा दिनुभएको थियो ।

उक्त सडकबत्ती पदम प्रसाद शर्माको अध्यक्षतामा उपभोक्ता समिति गठन गरि पुनर्वास नगरपालिका वडा नम्बर ३ आ.बि.आर.डी बजार र रामबस्ती क्षेत्रमा जडान गरिएको साईड ईन्चार्ज ओमनाथ ढकालले बताउनुभयो।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...