1478958692 banner ad format

 
 

ताप्लेजुङ - गत असारदेखि उडान ठप्प भएको सुकेटार विमानस्थलबाट आउँदो बुधबारदेखि काठमाडौँ–ताप्लेजुङ हवाई सेवा सञ्चालनमा आउने भएको छ । 

Suketar Airport Taplejung

नेपाल नागरिक उड्डयन प्राधिकरण र ताप्लेजुङ सरोकार केन्द्रबीच आज काठमाडौँमा भएको छलफलपछि बुधबारदेखि हवाई सेवा सञ्चालनमा ल्याउने सहमति भएको हो । 

मौसम खराबीका कारण देखाउँदै गत असारदेखि सुकेटार विमानस्थलबाट उडान बन्द गरिएको थियो । काठमाडौँमा रहनुभएका नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाका अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार नेपाल वायु सेवा निगमले साताको दुई दिन बुधबार र शुक्रबारका साथै निजी क्षेत्रका तारा, सीता र समिट एयरले साताको एक दिन हवाई सेवा सञ्चालन गर्ने सहमति भएको छ । 

निजी कम्पनीले यात्रु नै नपाउने गुनासो गरेपछि सरोकार केन्द्रले यात्रु सुनिश्चितताको जिम्मेवारी लिएको श्रेष्ठले जानकारी दिए । पटकपटक ताप्लेजुङमा हवाई सेवा अवरुद्ध हुँदै आएकाले निरन्तरताका लागि प्राधिकरणले अनुभवी प्राविधिक खटाउने सहमति भएको बताइएको छ । 

छलफलमा सरोकार केन्द्रका पदाधिकारी, प्राधिकरणका तर्फबाट उपनिर्देशक सुभाष झा, उपप्रबन्धक चुडाबहादुर खड्का, निगमका कर्मचारी प्रेमरत्न बज्राचार्यका साथै निजी हवाई सेवा कम्पनीका प्रतिनिधिको सहभागिता थियो । 

कञ्चनजंघा र पाथीभरा मन्दिर प्रवेशद्वारका रुपमा रहेको ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलबाट लामो समयदेखि उडान नहुँदा यात्रु मर्कामा परेका थिए । यसअघि लामो समयसम्म उडान ठप्प हुँदा समस्या भएको विषयमा राससबाट समाचार प्रकाशमा आएपछि सरोकारवालाले हवाई सेवा नियमित गर्न चासो देखाएका हुन् । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

  • kantipathnews Nepal Share Market News Market businesses

    धितोपत्र बजार : तीन अर्ब बढीको कारोबार

    धितोपत्र बजारमा यस साता रु तीन अर्ब ६१ करोड ५७ लाख १७ हजार मूल्यबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कुल १ ...

yummyfood