1478958692 banner ad format

 
 

गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म प्रत्यक्ष सञ्चालन हुँदै आएको यातायात सेवा सुनकोसी नदीको बेलिब्रिज खोलेपछि सोमबारदेखि छ महिनाका लागि पूर्णरुपमा बन्द हुन पुगेको छ । 

Sunkoshi river belibridge

उदयपुर जिल्लाको फोक्सिङटार र खोटाङको लिच्कीराम्चे बीचमा पर्ने सुनकोसी नदीमा जडान गरिएको बेलिब्रिज सुनकोसी नदीमा पानीको बहाव बढेसँगै सोमबारदेखि खोल्ने काम भएको कुरा गाईघाट–दिक्तेल सडक कार्यालय, उदयपुर बोक्सेका इन्जिनियर कमलप्रसाद यादवले बताए । 

वर्षा लागेसँगै सुनकोसी नदीको बहाव बढेको कारण बेलिब्रिज बगाउने सम्भावना भएका कारण छ महिनाका लागि बेलिब्रिज खोलिएको इन्जिनियर यादवले बताए । पचास मिटर लम्बाइ रहेको उक्त बेलिब्रिज गत मङ्सिर महिनामा जडान गरिएको थियो । अब छ महिनापछि हिउँदको मङ्सिर महिनामा मात्र पुनः बेलिब्रिज जडान गरिने पनि गाईघाट–दिक्तेल सडक कार्यालयले बताएको छ । 

सुनकोसीमा बेलिब्रिज खोलिएसँगै अब उदयपुरको गाईघाटदेखि पहाडी जिल्ला खोटाङसम्म प्रत्यक्ष यातायात सेवा बन्द हुन पुगेपछि पहाड मधेस आवतजावत गर्ने सयौँ यात्रु भने १५८ किलोमिटरको यात्रा पैदल हिँड्न बाध्य हुनुपरेको यात्रु बताउँछन् । 

यस्तै, यस क्षेत्रमा सञ्चालन हुँदै आएका यातायातका साधनसमेत बन्द गर्न पर्दा यातायात व्यवसायी र मजदुरको रोजीरोटीमा समस्या आएको एक यातायात व्यवसायी कुमार मगरले बताए । 

स्मरण रहोस्, २०५१ सालमा निर्माण कार्य सुरु भएको गाईघाट–दिक्तेल सडकखण्डको सुनकोसी नदीमा अहिलेसम्म पनि स्थायी पुल निर्माण भइनसक्दा यस क्षेत्रका यातायात व्यवसायी र यात्रुले प्रत्येक वर्ष वर्षायाममा कष्ट भोग्दै आउनु परेको छ ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse with double digit

    नेप्से दोहोरो अंकले सुधारियो

    मंगलबार पुनः पूँजी बजारमा दाहोरो अंकको सुधार आयोे । आइतबार उच्च दरले उकालो लागेको बजार सोमबार ऋणात्मक रही यस दिन पुनः सुधारिएक ...

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

yummyfood