1478958692 banner ad format

 
 

तेह्रथुम । पाँचथरको कुम्मायक गाउँपालिकामा सञ्चालित तमोर लिफ्ट खानेपानी आयोजनाको काम स्थगित भएको छ । 

Tamor lift drinking water project min

मुहान विवादका कारण सो आयोजनाको काम स्थगित भएको हो । यहाँका यासोक, रानीगाउँ र स्याबरुम्बाका १३ हजार ८४३ घरधुरीलाई लक्षित गर्दै २०७२ सालदेखि निर्माण थालिएको उक्त आयोजनाको निर्माण स्वामी नारायण जेभीले गर्दैआएको थियो । 

निर्माणस्थलको ठुटेबरदेखि तमोर नदीसम्मको मुहानको विषयलाई लिएर उक्त क्षेत्रका बासिन्दाले विरोध गर्दै आएका थिए । तत्कालीन समयमा डिभिजन कार्यालयले आर्थिक र प्राविधिक कारणले गर्दा लोरिपा दोभान उपयुक्त नभएको भन्दै उपभोक्ता समितिको सहमतिमा मुहान परिवर्तन गरेको थियो । आयोजनाको काम शुरु भइसकेपछि मुहान परिवर्तन गर्न नहुने समितिका अध्यक्ष नरबहादुर खड्का बताउछन् । पुरानै स्थानबाट आयोजनाको काम शुरु गर्नुपर्ने खड्काको भनाइ छ । 

समितिका सचिव देवेन्द्रकुमार लावती प्राविधिकको सल्लाह र सुझावअनुसार नै काम गरिएको बताउछन् आयोजनाको मुहान परिवर्तन गर्दा आयोजना लम्बिने नभई चाँडो काम सकिने उनको भनाइ छ । आयोजनाको काम स्थगित हुँदा स्थानीयवासी चिन्तित बनेका छन् । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

yummyfood