1478958692 banner ad format

 
 

इलाम । फाकफोकथुम गाउँपालिकाका–१ मा चिया कारखाना निर्माण भइरहेको छ । 

Tea factory construction

उन्नति समावेशी परियोजनाको सहयोगमा रु छ करोडको लागतमा सिद्धदेवी टिस्टेट कम्पनी प्राइभेट लिमिटेडले चिया प्रशोधन गर्ने कारखाना निर्माण गरिरहेको छ । आउँदो असोज महिनादेखि कारखानाबाट हरियो पत्ति प्रशोधन गर्ने लक्ष्य रहेको प्रबन्धक लोचन खत्रीले जानकारी दिए । 

सो कारखानाबाट दैनिक ५०० किलो शुद्ध अग्र्यानिक चिया उत्पादन हुने अपेक्षा गरिएको छ । कारखानामा १०० जना कामदार रहने कम्पनीले जनाएको छ । कारखाना निर्माणले बगानमा उत्पादन भएको चिया नजिकै बिक्री हुने भन्दै किसानमा हर्षित भएका छन् । 

विसं २०४८ देखि सो क्षेत्रमा विभिन्नस्थानबाट बिरुवा संकलन गरी चियाखेती सुरुवात गरेका थिए । हाल धेरैजसो आफ्नै बगानको बेर्ना उत्पादन हुने र अपुग बिरुवा इलाम पानीटार बगानबाट ल्याउने गरिएको म्यानेजर खत्रीले बताए ।

फाकफोकमा तक्दा, बेनेकबोन, गुप्ती, चाइनिज चियाका बिरुवा लगाइएको छ । सो बगानले कञ्चनजंघा टिस्टेट प्रालि पाँचथरलाई हरियो चियापत्ती बिक्री गर्दै आएको थियो । आगामी दिनमा यस बगानबाट उत्पादित चियालाई राष्ट्रिय चिया तथा कफी विकास बोर्डसँग समन्वय गरी अग्र्यानिक परीक्षणपछि जर्मनी, अमेरिका, जापानलगायत मुलुकमा बिक्रीका लागि पहल गरिने उनको भनाइ छ । 

एक हजार २०० रोपनी क्षेत्रफलमा रहेको चिया बगानको केही ओसिलो ठाउँमा अलैँचीसमेत लगाइएको छ । सडक वरिपरि सल्लो तथा बगानको छेउमा अर्गेली लगाइएको छ । सीमावर्ती पाँचथरको फाल्गुनन्द–४ कृषक चन्द्रकुमार नेम्वाङले निजी लगानीमा ४५ रोपनी क्षेत्रफलमा चिया लगाए । उनले यहाँबाट अग्र्यानिक चिया उत्पादन गरी विदेश निर्यात गर्दै आएका छन् । यसअघि ग्रामीण क्षेत्रमा कारखाना नहुँदा किसानले हरियो पत्ती उत्पादनमा घाटा व्यहोर्दै आएका थिए । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

yummyfood