1478958692 banner ad format

 
 

काठमाडौं– राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजना निर्माणका लागि साढे ३४ अर्ब भन्दा बढी रकम खर्च भएको छ । स्वदेशी लगानीमा निर्माणधिन आयोजना निर्माणका लागि असार मसान्तसम्म ३४ अर्ब ६४ करोड खर्च भएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । 

upper tamakosi project min

विगु गाउँपालिकाको लामावगरमा निर्माणधिन आयोजना सुरुमा ३५ अर्ब २९ करोड लागतमा निर्माण सक्ने भनिएपनि भूकम्प, नाकाबन्दी र पहिरोका कारण काम रोकिदाँ लागत र समय दुवै बढ्ने भएको हो । अहिले ४१ अर्ब ७२ करोड लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाका प्रवक्ता न्यौपानेले अहिले पनि सिन्धुपाल्चोकको खाडीचौरबाट चरिकोटसम्म सडक स्तरन्नोती गर्ने काम भइरहेको र वर्षातको समयमा सडक हिलाम्मे हुँदा पेनस्टक पाइप, सिमेन्ट जस्ता निर्माण सामग्री ढुृवानी गर्न समस्या भएको बताए । 

आयोजनाको अहिले मुख्य सुरुङ र माथिल्लो पेनस्टक स्याफ्टमा कमजोर चट्टान आएको हुँदा त्यसका लागि सर्पोट वर्कस् गर्दे सुरुङ खन्ने कार्यलाई निरन्तरता दिइएको बताइएको छ । आयाजनाको लागि आवश्यक निर्माण सामग्रीहरु लमोसाँघु–चरिकोट खण्डबाट ढुवानी गर्न कठिनाइ भएकोले वैकल्पिक रुपमा खुर्कोट र खिम्ति हुँदै आयोजनास्थलसम्म ढुवानी गर्ने गरिएको छ । यस्तै ठूला उपकरण तथा पेनस्टक पाइपहरु सुनकोशी विद्युतगृहमा भण्डारण गरिएको आयोजनाले जनाएको छ । 

यसैगरी आयोजनाको हेडवक्स कंक्रिट कार्य ८९.५ प्रतिशत सम्पन्न भएको छ भने मुख्य सुरुङ खन्ने कार्य ९३ प्रतिशत सम्पन्न भएको छ । यसैगरी टेलरेस सुरुङ खन्ने कार्य र विद्युतगृह र ट्रान्सफर्मर क्याभर्न खन्ने कार्यसम्पन्न भइसकेको छ । अडिट लगाएत अन्य सुरुङहरु खन्ने कार्य ८५.३ प्रतिशत सकिएको छ । विद्युतगृह र ट्रान्सफर्मर क्यार्भन कंक्रिट कार्य ८३.८ प्रतिशत सम्पन्न भएको छ ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse News market decreased by double digit

    धितोपत्र बजार दोहोरो अंकले घट्यो

    धितोपत्र बजार आज दोहोरो अंकले ओरालो लागेको छ । बाढी पहिरोका कारण मुलुक प्रभावित भएपछि बजार पनि प्रभावित भएको हो । नेपाल स्टक एक ...

  • Kantipathnews Nepal Share Market News Stock trading

    शेयर कारोबार ओरालो लाग्यो

    धितोपत्र बजारमा आज शेयर कारोबार ओरालो लागेको छ । नेपाल स्टक एक्चेञ्ज लिमिटेडका अनुसार आज बजार ८.१९ बिन्दुले ओरालो लागेर एक हजार ...

  • Kantipathnews Nepse News Share on Nepse

    नेप्सेमा २ कम्पनीको शेयर सुचिकृत

    आज बिहिबार नेपाल स्टक एक्चेन्ज नेप्सेमा २ कम्पनीको शेयर सुचिकृत भएका छन् । आज नेप्सेमा जनता बैंक नेपाल लिमिटेड र जनउत्थान सामुदायि ...

yummyfood