1478958692 banner ad format

 
 

कञ्चनपुर । आन्तरिक तथा बाह्य पर्यटक भित्रियाउने उद्देश्यले कञ्चनपुरको बेदकोट ताल क्षेत्रमा भ्यू टावर निर्माण कार्य सुरु गरिएको छ । 

View Tower construction Kanchanpur

रु ६० लाखको लागतमा निर्माण हुने उक्त टावर छ तलेको हुनेछ । कुल लागतमध्ये बेदकोट नगरपालिकाको ३० प्रतिशत र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको ७० प्रतिशत रहेको नगरपालिकाका प्राविधिक सहायक सिद्धराज ओझाले बताए  । 

भ्यू टावर निर्माणको कार्य असार मसान्तभित्रै सम्पन्न गर्ने गरी निर्माण भइरहेको उनले बताए । टावर निर्माणपछि ताल क्षेत्रको दृश्यावलोकन गर्नुका साथै तराई क्षेत्रको हरियाली मनोरम दृश्य नियाल्न सकिने छ । 

बेदकोट क्षेत्र जिल्ला सदरमुकाम महेन्द्रनगरबाट २२ किलोमिटर टाढा रहेको छ । यो क्षेत्र आन्तरिक पर्यटकका लागि वनभोजस्थल रुपमा र बाह्य पर्यटकका लागि तराईको मनोरम दृष्य नियाल्नका लागि प्रख्यात छ । 

बेदकोट क्षेत्र बाह्य कोलाहल बाट टाढा रहेकाले एकान्तमा रम्न चाहनेहरुका लागि गतिलो गन्तव्यका रुपमा रहेको छ । 

परापूर्वकालमा वनवासका क्रममा पाण्डवहरुले यस क्षेत्रमा आएर बेदधुनि जगाएकाले यस क्षेत्रको नाम बेदकोट रहन गएको जनश्रुति छ । यो क्षेत्र प्राचिनकालमा ऋषिमुनिहरुको तपोभूमिका रुपमा समेत परिचित रहेको थियो । 


प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

  • kantipathnews Nepal Share Market News Market businesses

    धितोपत्र बजार : तीन अर्ब बढीको कारोबार

    धितोपत्र बजारमा यस साता रु तीन अर्ब ६१ करोड ५७ लाख १७ हजार मूल्यबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कुल १ ...

yummyfood