1478958692 banner ad format

 
 

पाँचथर । आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने लक्ष्य राखेर पाँचथरको फिदिम नगरपालिका–२ स्थित रमितेडाँडामा भ्यू टावर निर्माण गरिने भएको छ । 

Ramitedamdama view tower

मध्यपहाडी पुष्पलाल लोकमार्गले छोएका दश नमुना सहरमध्ये सदरमुकाम फिदिम पनि एक भएकाले गुरुयोजना बनाएर नयाँ सहरको कार्यालयले भ्यू टावर निर्माण गर्न लागेको हो । 

भ्यू टावरको निर्माण कार्य यस आर्थिक वर्ष २०७३÷७४ बाट सुरु हुने नयाँ सहर कार्यालयका कार्यालय प्रमुख दिनेश पोटेले जानकारी दिए । यस वर्ष भ्यू टावर निर्माणका लागि रु १४ लाखसमेत विनियोजन भइसकेको उनले बताए । 

भ्यू टावर निर्माण हुनेभएपछि स्थानीयवासीले ६ रोपनी जग्गासमेत रजिस्ट्रेसन पास गरिदिइसकेका छन् । यस ठाउँमा भ्यू टावर निर्माण भएपछि पूर्वको प्रसिद्ध धार्मिकस्थल पाथीभरा, पाँचथरका विभिन्न स्थान, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भारत र चीनका सिमानासमेत दृश्यावलोकन गर्न सकिने स्थानीयवासी सुकपाल तुम्वापोले बताए । 

यस ठाउँमा भ्यू टावर निर्माण भएपछि पूर्वका विभिन्न ठाउँबाट तथा बाह्य पर्यटकसमेत आउने अर्का स्थानीयवासी सन्तोष श्रेष्ठले बताए । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

yummyfood