वीरगञ्जको छपकैयामा निर्माण भएको प्रदेश नं– २ कै पहिलो फोहर पानी प्रशोधन केन्द्र आजदेखि सञ्चालनमा आएको छ ।

water processing center 2

साढे नौ बिघा क्षेत्रफलमा रु १२ करोड भन्दा बढीको लगानीमा निर्माण भएको प्रशोधन केन्द्रको सफल परीक्षण वीरगञ्ज महानगरपालिकाले सम्पन्न गरेको हो । नगरमा रहेका चार हजार भन्दा बढी घरबाट निस्किने फोहर पानीलाई केन्द्रमा प्रशोधन गरी ९९ प्रतिशत सफा बनाइ सिर्सिया खोलामा मिसाउने योजना रहेको परियोजनाका व्यवस्थापक शैलेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनले नगरक्षेत्रमा निर्माण गरिएका मुख्य नालाबाट सङ्कलित एक करोड लिटर फोहर पानीलाई दैनिक प्रशोधन गर्नसकिने केन्द्रको क्षमता रहेको बताए । सञ्चालनमा आएकोे प्रशोधन केन्द्रबाट वर्षमा लाखौँको मल उत्पादन हुने महानगरपालिकाले जनाएको छ ।

एशियाली विकास बैंक तथा नेपाल सरकारको ८१ प्रतिशत, नगर विकास कोषको ११ प्रतिशत र महानगरपालिकाको आठ प्रतिशत लागनीमा प्रशोधन केन्द्र निर्माण भएको छ ।

नगरक्षेत्रबाट निस्किएको फोहर पानीबाट सिर्सिया खोला हँुदै आएको प्रदूषण केन्द्र सञ्चालनमा आएपछि नियन्त्रण हुनुको साथै यसले पर्यावरण संरक्षणमा ठूलो टेवा पु¥याउने महानगर प्रमुख विजयकुमार सरावगीले बताए ।

उनले केन्द्रबाट प्रशोधित भई निस्किने पानीलाई कृषि प्रयोजनका लागि उपयोग गर्ने सकिने भएकाले त्यस तर्फ अध्ययन अनुसन्धान अगाडि बढाइएको जानकारी दिए ।

केन्द्रको सफल परीक्षण सम्पन्न भएपछि अब केही दिनभित्र यसको उद्घाटन गरिने महानरपालिकाले जनाएको छ । प्रशोधन केन्द्र सञ्चालनमा आएपछि फोहर पानीको व्यवस्थान भए पनि नगरक्षेत्रबाट दैनिक सङ्कलन हुने पाँच÷छ टन फोहरको उचित व्यवस्थापन अहिलेपनि महानगपालिकाको समस्याको विषय बनेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर