1478958692 banner ad format

 
 

रत्ननगर (चितवन) । चितवनमा आज बिहान आएको हावाहुरीका कारण करोडौँको केराखेती नष्ट भएको छ । 

Windstorm destroyed kerakheti

बिहान करिब ४ बजेतिर भारी वर्षासहित आएको हावाहुरीले केरा ढलाएर नष्ट गरेको चितवन केरा उत्पादक सङ्घ चितवनका अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिए । 

किसानको प्रारम्भिक जानकारीअनुसार करिब रु चार÷पाँच करोडको केरा नष्ट गरेको अनुमान गरिए पनि विस्तृत विवरण भने आइसकेको छैन । पन्तले आफ्नो केरा बगानको १० बिगाहा क्षेत्रको केरा पूर्ण नष्ट भएको बताए । 

यस्तै सङ्घका निवर्तमान अध्यक्ष यज्ञ सुुवेदीले चैनपुरमा लगाएको करिब २० बिगाहाको केरा क्षति भएको बताए । हावाहुरीका कारण पसाउन लागेका, पसाएका र निकाल्ने बेलाका केरामा क्षति पुुगेको छ । 


पछिल्ला केही वर्षदेखि बिमा कार्यक्रम सुरु भएकाले किसानले केही राहत पाउँदै आएका छन् । चितवन केरा उत्पादक सङ्घका अनुसार अघिल्लो वर्ष दुई हजार ४०० बिगाहामा केराखेती भएकामा यो वर्ष क्षेत्रफल विस्तार भई दुई हजार ६२० बिगाहा पुगेको हो । 

जिल्लामा वार्षिक रु एक अर्बको केराको कारोबार हुँदै आएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनका अनुसार जिल्लामा कृषि बिमा भने सोचेअनुसार हुन सकेको छैन ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse with double digit

    नेप्से दोहोरो अंकले सुधारियो

    मंगलबार पुनः पूँजी बजारमा दाहोरो अंकको सुधार आयोे । आइतबार उच्च दरले उकालो लागेको बजार सोमबार ऋणात्मक रही यस दिन पुनः सुधारिएक ...

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

yummyfood