1478958692 banner ad format

 
 

काठमाडौं।  चालू आर्थिक वर्षको आर्थिक गतिविधि जनाउने आर्थिक सर्वेक्षण सार्वजनिक भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा आर्थिक गतिविधिको आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन ।

yubraj khatiwoda

चालू आर्थिक वर्षमा मुलुकका अधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचकहरु उत्साहजनक रहेको उनले बताएका छन्  ।

यो वर्ष ७ प्रतिशतले आर्थिक वृद्धि हुने आर्थिक सर्वेक्षणमा जनाइएको छ ।

राजनीतिक स्थायित्व कायम भएसँगै लगानीको वातावरणमा सुधार आएको, विद्युत्को नियमित उपलब्धता तथा स्थानीय तहबाट पनि विकासका गतिविधि बढेकोले अर्थतन्त्र उच्च आर्थिक वृद्धिको मार्गमा अघि बढेको मन्त्री खतिवडाको भनाइ थियो ।

यस्तै, निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या १८.७ प्रतिशतमा झरेको मन्त्री खतिवडाले बताए । यसअघि, यस्तो गरिबीको रेखामुनि रहेको संख्या २१.६ प्रतिशत रहेको थियो ।

वैदेशिक रोजगारीमा जानेको संख्यामा ३५.९ प्रतिशतले घटे पनि रेमिट्यान्स आप्रवाह २३.४ प्रतिशतले बढेर ५ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको मन्त्री खतिवडाले बताए ।

यो वर्ष मूल्यवृद्धि ४.२ प्रतिशतमा सीमित हुने जनाइएको छ भने सार्वजनिक ऋण ९ खर्ब पुगेको छ ।

आन्तरिक बचतले २० प्रतिशत विन्दु नाघेको छ भने फागुन मसान्तसम्ममा शोधानान्तर स्थीति ५९ अर्ब घाटामा रहेको उनले बताए ।

समीक्षा अवधिमा चालू खाता एक खर्ब ९१ अर्बले घाटामा रहेका कारण विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भइ ५ खर्ब ८२ पुग्दा पनि भुक्तानी सन्तुलनमा केही चाप परेको मन्त्री खतिवडाले बताए ।

उच्च लगानीका लागि औद्योगिक तथा पुँजीगत सामानको आयात बढ्दै जाँदा र निर्यातको आकार सीमित हुँदा उच्च व्यापार घाटा कायमै रहेको छ । यसबाट शोधानान्तर स्थितिमा र विदेशी विनिमय सन्चितिमासमेत चाप परेको उनले बताए ।

प्रतिव्यक्ति आम्दानी १ लाख १७ हजार पुग्ने 
प्रतिवेदनमा आर्थिक वर्ष २०७५–७६ मा प्रतिव्यक्ति आय १ लाख १७ हजार पुग्ने अनुमान गरिएको छ । प्रतिव्यक्ति खर्च योग्य आय रू १ लाख ५५ हजार पुगेको अनुमान गरिएको छ । 

यस्तै चालू आर्थिक वर्ष कुल लगानी २९.० प्रतिशतले वृद्धि भई २१ खर्ब ५७ अर्ब हुने अनुमान गरिएको छ । 

कुल गार्हस्थ्य बचतको वृद्धि भन्दा कुल पूँजी लगानीको वृद्धि उच्च रहँदा बचत र लगानी बीचको अन्तर बढ्दै गएको पनि उल्लेख गरिएको छ । 

आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म कुल सरकारी खर्च आर्थिक वर्ष २०७४र७५ को सोही अवधिको तुलनामा २।२ प्रतिशतले वृद्धि भई ५ खर्ब ४१ अर्ब पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म अनुदान १३ अर्ब र ऋण ९३ अर्ब गरी थप १ खर्ब ७ अर्ब वैदेशिक सहयोग प्रतिबद्धता प्राप्त भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

२०७५ फागुनसम्ममा कुल सार्वजनिक ऋण ९ खर्ब ७८ अर्ब रहेको छ। यस मध्ये ३ खर्व ८३ अर्व ५९ करोड आन्तरिक ऋण र ५ खर्व ९५ अर्व बाह्य ऋण रहेको छ।
 
आर्थिक वर्ष २०७५/७६ मा वित्तीय क्षेत्र स्थायित्वका सूचकहरु सबल रहेको अर्थमन्त्रीले दाबी गरेका छन्। ‘२०७५ फागुनसम्म ७१३ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्नुको साथै बैक तथा वित्तीय संस्थाको कुल शाखा संख्या ४,७०१ पुगेको छ। बिमा व्यवसाय गर्ने कम्पनीको संख्यामा भएको वृद्धिसँगै बिमा व्यवसायको आकार र कारोवारमा विस्तार भएबाट आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म करिब १८।० प्रतिशत नागरिकमा बिमाको पहूँच पुगेको छ। धितोपत्र बजार सुधारोन्मुख छ’ प्रतिवेदनमा भनिएको छ । 

यस्तै आर्थिक वर्ष २०७५/७६ को फागुनसम्ममा कुल वस्तु निर्यात १४(६ प्रतिशतले वृद्धि भई ६१ अर्ब पुगेको छ भने वस्तु आयात २३.८ प्रतिशतले वृद्धि भई ९ खर्ब ४९ अर्ब पुगेको छ। यस अवधिमा कुल वस्तु व्यापार घाटा रु ८ खर्ब ८८ अर्ब रहेको अर्थमन्त्रीको भनाई छ । 

यसैगरी आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म शोधनान्तर स्थिति ५९ अर्ब घाटामा रहेको छ। यस अवधिमा चालु खाता १ खर्ब ९१ अर्बले घाटामा रहेको छ। आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भई ५ खर्ब ८२ अर्ब पुगेको छ। यस अवधिमा श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा जानेको संख्या ३५.९ प्रतिशतले घटेको जनाइएको छ । 

चालु आर्थिक वर्षमा मुलुकका अधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचकहरु उत्साहजनक रहेको पनि अर्थमन्त्रीले संसदमा बताए । 

प्रकासित मिति

Loading...

 

ताजा खबर