1478958692 banner ad format

 
 

 

 

sunn

काठमाडौं। स्थानीय बजारमा सुनको भाउ आकासिएको छ । हिजो प्रतितोला ६४ हजार रुपैयाँमा कारोबार भएको सुन आज एक हजार रुपैयाँले बढेर प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हाल सम्मकै सबैभन्दा उच्च मूल्य हो । गत फागुन ८ गते सुनको भाउ सबैभन्दा उच्च पुगेको थियो । २०७५ फागुन ८ गते सुन प्रतितोला ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए । उनका अनुसार २०७१÷७२ सालमा सुन प्रतितोला ४७ हजार ८ सय रुपैयाँमा कोारोबार भएको थियो ।

त्यस्तै नेपाली बजारमा आगामी वर्षको बजेटको कारणले सुनको भाउमा यस्तो परिर्वतन आएको उनको बुझाई छ । सरकारले आगामी बर्षको बजेटमा १० ग्राम सुनमा ८ सय रुपैयाँ भन्सार थप गरेको छ । पहिले १० ग्राम सुनको भन्सार मूल्य ४ हजार २ सय रुपैयाँ थियो भने अब ८ सय बढेर ५ हजार रुपैयाँ पुग्ने छ ।

त्यसैगरी अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्नुको मुख्य कारण चीन र अमेरिकाबीच भएको व्यपार युद्धलाई लिइएको छ । सुनको भाउ उच्च हुनुमा भारत र अमेरिकाको व्यपारमा आएको टकराव लगायत इरान र अमेरिकाको युद्धलाई थप कारणको रुपमा लिन सकिने शाक्यको भनाई छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि १० रुपैयाँले बृद्धि भएको छ । हिजो प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँ बृद्धि भएर ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकासित मिति

Loading...

 

ताजा खबर