tealaya add

taxnews kantipath

हेटौंडा - आन्तरिक राजश्व कार्यालय हेटौंडामा गतबर्षको तुलनामा ३९ प्रतिशतले बढी राजश्व संकलन भएको छ ।
संसोधित आर्थिक ऐन अनुसार करको दायरा बढेसँगै यसबर्ष मकवानपुरमा गतबर्ष भन्दा ४५ प्रतिशत बढी मुल्य अभिवृद्धि कर भ्याट सहित कुल राजश्व संकलनमा वृद्धि भएको हो ।

आर्थिक बर्ष २०७४–०७५ मा कार्यालयले २ अर्ब ९३ करोड १५ लाख ९० हजार राजश्व संकलन गरेकोमा यस बर्ष ४ अर्ब १० करोड, ३२ लाख रुपैयाँ राजश्व संकलन भएको छ । यसबर्ष मुल्य अभिवृद्धि कर भ्याट ६५ करोड ७ लाख ६ हजार रुपैयाँ असुली भएको छ । यस बर्ष कार्यालयले सबैभन बढी अन्तशुल्क २ अर्ब ३९ करोड ८७ लाख १३ हजार रुपैयाँ संकलन भएको छ ।

गतबर्ष कार्यालयले असार मसान्तसम्ममा लक्ष्यको शतप्रतिशत राजश्व असुली गरेकोमा यसबर्ष भने आर्थिक बर्ष सकिनु ५ दिन अगावै लक्ष्य भन्दा २ प्रतिशत राजश्व संकलन गरिसकेको छ ।

यस बर्ष आर्थिक ऐनको संसोधन पश्चात सामान बिक्रि गर्ने सबै व्यवसायलाई भ्याट र श्रृङगारका सामग्रीलाई पनि अन्तशुल्क समेटेपछि कर स्वत वृद्धि भएको प्रमुख कर अधिकृत सन्त बहादुर ढकालले जानकारी दिए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...