annapurna add

काठमाडौं । नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमा विदेशी मुद्रा खर्च गरेर गरिने विज्ञापनमा कडाइ गरेको छ ।

nepal rastra bank facebook youtube Twitter

फेसवुक, ट्वीटर, यूटुब जस्ता सामाजिक सञ्जालमा ‘बुस्ट’ गरेर विज्ञापन गर्दा अवैधानिक तरिकाले भुक्तानी भएको भन्दै राष्ट्र बैंकले सामाजिक सञ्जालमा विज्ञापन नगर्न सचेत गराएको हो ।

राष्ट्र बैंकको यो निर्णयलाई फेसबुकसहितका सामाजिक सञ्जालमा ओली सरकारले आर्थिक नाकाबन्दी लगाएको चर्चा हुन थालेको छ ।

सामाजिक सञ्जालमा विज्ञापन गरी रकम भुक्तानी गरे मुद्रा अपचलनको मुद्दा लाग्ने राष्ट्र बैंकले चेतावनी दिएको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले सूचना जारी गरेर गैर कानूनी तरिकाले सामाजिक सञ्जालमा विज्ञापन भइरहेको र ठूलो रकम अवैधानिक च्यानलबाट विदेश गएको बताए ।

पछिल्लो समयमाम सामाजिक सञ्जालमा व्यक्ति तथा संस्थाहरुले विज्ञापन गर्ने क्रम बढ्दो छ ।

कम्युनिस्ट सरकारले यसका लागि नियमन गर्न भन्दै विधयेक संसदमा दर्ता समेत गराइसकेको छ ।

एउटा सामाजिक सञ्जालको प्रयोग नियमनका लागि सरकारले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गरेको विधयेक, २०७५ संसदमा दर्ता गराएको छ । यो विधयेक संसदीय समितिबाट पारित भइसकेको छ ।

सामाजिक सञ्जालमा हुने विज्ञापनलाई समेत करको दायरामा ल्याउने व्यवस्था समेटिएको विज्ञापन नियमन ऐन पनि लागू भइसकेकको छ ।

यो ऐनमा सामाजिक सञ्जालमा हुने विज्ञापनलाई समेत नियमन गर्ने व्यवस्था गरिएको छ ।

fb list add news

कसरी गरिन्छ सामाजिक सञ्जालमा विज्ञापन ?

सामाजिक सञ्जाल मध्ये पनि सबैभन्दा धेरै विज्ञापन हुने भनेको फेसबुकमा हो । फेसबुक अकाउन्ट वा फेसबुक पेजबाट पैसा तिरेर विज्ञापन गर्न सकिन्छ ।

कुनै उत्पादन वा प्रचार सामग्रीको बारेमा विज्ञापन गर्नु पर्यो भने कुनै फेसबुक अकाउन्ट वा पेजमा त्यो उत्पादनको बारेमा सम्पूर्ण जानकारी समेटिएको फोटो वा भिडियो पोष्ट गरेर विज्ञापन गर्न सक्नु हुनेछ ।

फेसवुक आफैंले विभिन्न प्रयोगकर्ताहरुको टाइमलाइनमा लगेर यसलाई प्रदर्शन गरिदिन्छ । यसवापत फेसवुकलाई शुल्क तिर्नु पर्ने हुन्छ । कुन बिज्ञापन हो वा होइन भनेर चिन्ने आधार भनेको त्यो पोष्टको माथि लेखिएको शब्दबाट हो । पैसा तिरेर गरिएको विज्ञापनको माथि ‘स्पोन्सर्डड भनेर अंग्रेजीमा लेखिएको हुन्छ ।

स्पोन्सस्र्ड गरे बापत फेसवुकलाई तोकिएको रकम डलरमा भुक्तानी गर्नुपर्ने हुन्छ । यसरी गरिने भुक्तानी धेरैले विदेशमा रहेका आफन्त वा एजेन्टबाट गराउँछन् भने नेपालबाटै गर्नका लागि डलर कार्ड भएका डेबिट तथा क्रेडिट कार्डको प्रयोग गर्ने गरिएको छ ।

मुलुकमा कुनै पनि वित्तीय कारोबार गर्न राष्ट्र बैंकबाट अनुमति लिनु पर्ने हुन्छ । तर यस विषयमा राज्यका कुनै पनि निकायलाई जानकारी नदिई विज्ञापनको तिर्नु पर्ने रकम विभिन्न गेट-वेको प्रयोग गरेर भुक्तानी गर्ने गरिँदै आएको छ ।

अहिलेसम्म सामाजिक सञ्जालमा यसरी गरिने विज्ञापनको भुक्तानीबारे राज्यलाई जानकारी छैन । आम्दानी गरेपछि कर तिर्नु पर्ने व्यवस्था छ, तर यहाँ कुनै पनि सामाजिक सञ्जालले नेपाल सरकारलाई कर तिदैनन् ।

केही समय अघि राष्ट्र बैंक ‘वि च्याट’ र ‘अलि पे’ लाई नेपालमा प्रतिवन्ध लगाउने बताएको थियो । चिनियाँहरुले भुक्तानीका लागि प्रयोग गर्ने यी भुक्तानी प्रणालीलाई बन्देज लगाउने भएपछि अब भने वैधानिक प्रणालीमा आउन लागेका छन् ।

तर सामाजिक सञ्जालबाट हुने अर्बौं कारोबारबारे राज्यलाई कुनै जानकारी छैन । के-कति डलर नेपालबाट सामाजिक सञ्जालबाट बाहिरिन्छ भन्ने तथ्यांक समेत सरकारसँग छैन ।

अब कारवाही

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी सामाजिक सञ्जालमार्फत हुने विज्ञापन र यसको भुक्तानीलाई अब नियमन हुने बताउँछन् ।

nrb systemसामाजिक सञ्जालमार्फत विज्ञापन गरेर डलरमा भुक्तानी गर्नु गैरकानूनी काम भएको छ ।

‘अहिले हामीले धेरैजसो नक्कली भ्याट बिलको विषयमा अनुसन्धान गरिरहेका छौं, पछिल्लो समय सामाजिक सञ्जालमा हुने विज्ञापनका विषय समेत अनौपचारिक ढंगबाट आइरहेको छ ।’

यसरी गरिएको कारोबारमा राजस्व चुहावट र विदेशी विनिमय अपचलन दुबै मुद्धा चलाउन सकिने उनले बताए । विदेशी विनिमय अपलचन मुद्धामा पठाएको रकमको दोब्बरसम्म जरिबाना र ३ वर्षसम्म कैद सजाय हुन सक्ने छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर