Hidden
आँधीखोला र घोडाघोडी लघुवित्तले आईपिओ निष्काशन गर्ने
काठमाडौँ । धितोपत्र बोर्डले लघुवित्त कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न स्वीकृति दिएको छ ।
बोर्डले दुई लघुवित्त कम्पनीलाई आइपीओ निश्कासनको अनुमति दिएको छ । बोर्डले बिहीबार आँधीखोला लघुवित्त वित्तीय संस्था लिमीटेड र शुक्रबार घोडाघोडी लघुवित्त वित्तीय संस्था लिमीटेडलाई आइपीओ निश्कासनको अनुमति दिएको हो ।
भिरकोट १, बयरघारी, स्याङ्जामा केन्द्रीय कार्यालय रहेको आँधीखोला लघुवित्त वित्तीय संस्था लिमीटेडलाई बोर्डले ४ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासनको अनुमति दिएको हो ।
कम्पनीले आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकका लािग एनआइबिएल एस क्यापिटल लिमीटेडलाई नियुक्त गरेको छ ।
यसैगरी बोर्डले घोडाघोडी लघुवित्त वित्तीय संस्थालाई १ करोड ३२ लाख ६ हजार रुपैयाँ बराबरको आइपीओ निश्कासनको अनुमति दिएको छ । सो कम्पनीले आज मात्रै आईपीओ निष्काशनको लागि अनुमति पाएको हो । सो कम्पनीले आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।
प्रकासित मिति